म्यादी प्रहरीमा ४ सय ९५ महिलाको निवेदन


प्रकाशित मिति :2017-10-17 16:41:26

–महिला खबर–

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले म्यादी प्रहरीको भर्ना खुलाएकोमा ४ सय बढी महिलाको निवेदन परेको छ ।

सोमबारसम्म २ हजार ६ सय ४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताएका छन् ।

निवेदन दिएकामध्ये ४ सय ९५ महिला र २ हजार १ सय ४७ पुरुष छन् । निवेदन दिनेमा दशौँं कक्षा उत्तीर्णदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि छन् ।
मंसीर २१ गते हुने निर्वाचनका लागि एक हजार म्यादी प्रहरीको आवश्यक भएता पनि दोबर निवेदन परेको प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: