सर्मिला बुढाथोकी
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले महिला हिंसाको प्रमुख कारण मान्दै आएको अवैध घरेलु मदिरा नष्ट गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ ।

घरेलु मदिरा नष्ट गर्दै प्रहरी
जिल्ला प्रहरी कार्यालय दोलखाले पछिल्लो पटक जिल्लाको भीमेश्वर नगरपालिका र विभिन्न गाउँपालिकाहरूबाट सङ्कलन गरेको २ हजार ८ सय २२ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
प्रहरी टोलिले भीमेश्वर नगरपालिका वडा नम्बर ३, ६, ८ र ९, विगु गाँउपालिकाको वडा नम्बर १ र ५, वैतेश्वर गाउँपालिकाको वडा नम्बर ५, मेलुङ गाउँपालिकाको वडा नम्बर ६ र ७, तामाकोसी गाउँपालिकाको वडा नम्बर १, ३ र ४, गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर ८ तथा शैलुङ गाउँपालिकाको वडा नम्बर ३ बाट उक्त परिमाणको घरेलु मदिरा सङ्कलन गरी नष्ट गरेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले घरेलु मदिरा बनाउने ४ हजार ४ सय ७० केजी कच्चा पर्दाथ र केहि भाँडाकुडा समेत जफत गरेको जनाएको छ ।
महिला हिंसा तथा घरेलु हिंसाको प्रमुख कारण घरेलु मदिरा भएकाले त्यसको नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिईएको प्रहरी नायव उपरीक्षक कार्कीको भनाई छ ।
Comment Here!