यसकारण रह्यो अधिकार प्राथमिकतामा महिला अधिकार


प्रकाशित मिति :2017-10-18 10:42:03

-बिदुर आचार्य-

सिन्धुपाल्चोक । उद्घोषकले कार्यक्रमको औपचारिक सुरुवात गर्छन् । अध्यक्ष र अन्य अतिथीहरूको आसनग्रहण, कार्यक्रम उद्घाटन, स्वागत गरिन्छ । कार्यक्रममा उपस्थित निश्चित वक्ताहरूले धारणा राख्छन् र सभापतिले अध्यक्षसहित कार्यक्रमको समापन गर्छन् । औसतमा यिनै पेरिफेरीमा हुने गर्दछ सबै औपचारिक कार्यक्रमहरू ।

तर, सोमवार आयोजित एक कार्यक्रम साविकको भन्दा केही फरक रह्यो । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको मानव आधिकार प्राथमिकता निर्धारण सर्वेक्षण कार्यक्रममा उपस्थित सबै सहभागीहरूले पालैपालो मानव अधिकार प्राथमिकता भित्र पर्न सक्ने अधिकारका विषयमा आवश्यकता अनुरुप प्राथमिकता प्रदान गरी आयोगलाई सुझाव प्रदान गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले संयोजन गरेको कार्यक्रमा अरु सबै सहभागीहरूले मानव अधिकारको प्राथमिकता निर्धारण गरेका थिए ।

नगरिक, राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक अधिकार मानव अधिकारका दायरा हुन् । यसलाई बिस्तृत बनाई आयोगले ११ बुँदामा उल्लेख गरि कार्यपत्र तयार गरेको थियो । कार्यपत्रलाई आधार मानि सहभागिहरूले विशेषत जिल्लामा हुने अधिकार हनन्का घटनालाई आधार मानि अधिकारको प्राथमिकीकरण गरिएको छ ।

महिला र बालबालिकाको अधिकार हनन्का घटना उल्लेख्य रहेकै कारण अधिकांश सहभागीले महिला अधिकार भित्र समेटिएको घरेलु हिंसा, लैगिक विभेद तथा सहभागितामा हुने विभेद र यौन षोषण तथा दुव्र्यवहारलाई प्राथमितामा राख्न सुझाव दिएका छन् । प्राथमिकीकरणमा क्रमश बाल अधिकार, शिक्षाको अधिकार, नागरिक तथा राजनीतिक अधिकार, खाद्य तथा स्वास्थ्यको अधिकारलगायत परेका छन् । आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार क्रमश प्राथमिकतामा पारिएको छ ।

जिल्लाका सरकारी तथा गैह्र सरकारी निकायका प्रमुख, राजनीतिकर्मी, संचारकर्मी, व्यापारी व्यवसायी, सुरक्षा निकाय, शिक्षक, महिला तथा बाल अधिकारकर्मीलगायतले अधिकार प्राथमिकीकरण गरेका हुन् । प्राथमिकता प्रदान गरिएको सुझाव राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई बुझाई कार्यान्वयन गराउन पहल गर्ने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: