काठमाडौं । युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी ५३ वर्षिय पत्रकार डाफ्ने कारुआना गालिजियाको कार बम बिस्फोटनमा परी मृत्यु भएकोे छ ।
माल्टा प्रहरीले जनाए अनुसार माल्टाको मोस्टा सहर नजिकै रहेको बिडनिजास्थित घरबाट निस्केको केही समयमा नै आफैले चलाएरहेको कार विस्फोट हुँदा उनको मृत्यु भएको थियो ।
गालिजियाको मृत्यु नभई हत्या भएको आरोप उनको परिवारको छ । गालिजिया आफ्नो ब्लगको लागि चिन्तित थिइन् । ‘मेरो आमाको हत्या भएको हो । किनभने उनी विधिको शासन र त्यसलाई उल्लङ्घन गर्नेको बिचमा उभिइन्’ उनका छोरा म्याथ्यूले स्थानीय सञ्चारमाध्यमहरुलाई बताएको बिबिसिले जनाएको छ ।
यस बर्षको सुरुवातमा कारुवाना गालिजियाले भ्रष्टाचारीको आरोप लगाएका माल्टाका प्रधानमन्त्री जोसेफ मस्काटले उनको हत्याको निन्दा गरेका छन् ।
उनको हत्यापछि हजारौं मानिसले सोमबार साँझ मैनबत्ती बालेर प्रार्थना गरेका थिए ।
निडर पत्रकारका रुपमा परिचित कारुआना गालिजियाले माल्टाका विभिन्न प्रख्यात व्यक्तिहरुले विदेशमा सम्पति राखेको विवरण सार्वजनिक गरेकी थिइन् ।
Comment Here!