मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेरमा आशा र गोमा विना विभागीय मन्त्री


प्रकाशित मिति :2017-10-18 13:36:20

-महिला खबर –

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद्को जिम्मेवारी हेरफेर गरी नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आशा कोइराला र राज्यमन्त्री गोमा कुवँरलाई बिनाविभागीयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले विक्रमबहादुर थापालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिदिएका छन् भने आशा कोइरालालाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै पशुपन्छी विकास मन्त्रालयकी राज्यमन्त्री गोमा कुवँरलाई पनि बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी बिनाविभागीय राज्यमन्त्रीमा नियुक्त भएकी कुन्ती कुमारी शाही शहरी विकास र कान्ता भट्टराइलार्ई महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

देउवा नेतृत्व सरकारको ६४ सदस्सीय मन्त्री परिषद्मा तीन जना मात्र महिलालाई मन्त्रीको जिम्मेवारी दिएको थियो । जसमा कांग्रेसबाट सहकारी तथा गरिबी निवारण मन्त्रीमा अम्बिका बस्नेत, महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा माओवादी केन्द्रबाट आशा कोइराला र जनसंख्या तथा वातावरण मन्त्रीमा नेकपा संयुक्तबाट मिथिला चौधरी परेका थिए ।

कोइरालाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएपछि अहिलेको ६४ मन्त्रिपरिषद्मा दुई जना महिलाले मात्र मन्त्रीको जिम्मेवारीमा छन् ।

त्यसैगरी चौथो पटकको मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवाले सात महिलालाई राज्य मन्त्रीको जिम्मेवारी दिएका थिए । जसमा सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईँ कृषि विकास, चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण, सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, यशोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था, कमलादेवी शर्मावन तथा भू–संरक्षणको र पशुपंक्षी विकास राज्यमन्त्रीको जिम्मेवारी गोमा कुँवर (हाल विना विभागी मन्त्री) हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: