काठमाडौं । महिलासम्बन्धी डिजीटल पत्रिका महिला खबरको सम्पादकमा लोग्शरी कुँवर नियुक्त भएकी छिन् ।
कुँवर १४ वर्ष देखि पत्रकारितामा आबद्ध छिन् । उनले ११ वर्षदेखि कैलालीको धनगढीबाट प्रकाशित हुने मर्निङ् बेल नेपाली दैनिक सम्पादन\प्रकाशन गर्दै आएकी थिइन् ।
२०६० सालमा धनगढीबाट प्रकाशित हुने हाम्रो सेती साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेकी उनले हाम्रो सेती साप्ताहिकको सह–सम्पादक, सम्पादक हुँदै मर्निङ् बेल दैनिक पत्रिका संचालन गरेकी हुन् ।
राजधानी दैनिक, राष्ट्रिय समाचार समिति र नेपाल एफएम नेटवर्टको जिल्ला समाचारदाताका रुपमा काम गरिसकेकी कुँवरसँग महिला खबरमा सुदूरपश्चिमबाट क्षेत्रीय समाचारदाताको रुपमा समेत काम गरिसकेको अनुभव छ ।
लैंगिक समानताको पक्षमा विशेष रुपमा कलम चलाउँदै आएकी उनले विभिन्न पत्रपत्रिकाहरूमा महिला र लैंगिकताका बारेमा विचार समेत लेख्दै आएकी छिन् ।
Comment Here!