कपि कलमका लागि बालिकाको टीका व्यापार


प्रकाशित मिति :2017-10-18 16:44:49

-सर्मिला बुढाथोकी-

दोलखा । भारत स्थायी घर भै भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवा बस्दै आएकी १० बर्षीय रस्मीताकुमारी कत्बनीया अहिले चरिकोट सातदोबाटोमा सप्तरङ्गी टीका बेच्न व्यस्त छिन् ।
स्थानीय विद्यालयमा कक्षा तीनमा अध्यनरत कत्बनीया बिदाको बेलामा तिहारको लागि सप्तरङ्गी टीका बिक्री गर्दा परिवारको लागि तिहार खर्चमा सहयोग पनि पुग्ने र आफ्नो लागि कपि, कलम र कपडा किन्न पैसा पनि जोगिने भएकोले परिवारकै सहयोगमा सप्तरङ्गी टीका बिक्री गर्न बसेको बताउछिन् ।

सप्तरङ्गी टीका बेच्न बसेका रस्मीताकुमारी कत्बनीया, खुस्बु कुमारी बानिया र छिरिङ डोमा शेर्पा ।

बुबाले किनेर ल्याईदिनु भएको सप्तरङ्गी टीका आफु र दाइ मिलेर चरिकोटको चोकमा बिक्री गर्न आएको कत्बनीयाले बताइन् । अहिलेसम्म टीका बिक्रीबाट १७ सय रुपैयाँ फाईदा गरेको बताउने कत्बनीया फाईदा भएको पैसाले दाइ र आफ्नो लागि तिहारको कपडा र विद्यालयको लागि कपि, कलम किन्ने बताउछिन् ।

धनुषाको जनकपुर स्थायी घर भएकी ९ बर्षीया खुश्वुकुमारी बानिया पनि रङ्ग बेच्न चरिकोटको चोकमा बसेकी छन् । अहिले आमा बुवासँग सदरमुकाम चरिकोट बस्दै आएकी खुश्वुले पनि रङ्ग बेचेर फाईदा भएको पैसाले आफ्नो लागि कपि, कलम र कपडा किन्ने बताईन । गत बर्ष पनि यसै गरी रङ्ग बेचेर फाईदा भएको पैसाबाट बुबाले स्कूलको लागि ड्रेस र कपि किनिदिनु भएको खुश्वुले बताईन् । यसपाली पनि आम्दानी भएको पैसाले राम्रो कपडा किन्ने र स्कूलको लागि कपि, कलम किन्ने खुश्वुले बताईन् ।

स्थानीय ९ बर्षीय छिरिङ डोमा शेर्पा पनि कत्बनीया र खुश्बुसँगै चरिकोट चोकमा तिहारको लागि आवश्यक सप्तरङ्गी टीका बेच्न बसेकी छन् । रङ्ग बेच्नको लागि आमा बुवाले नपठाएको भएपनि साथीहरूले बेच्दा आफुलाई पनि रहर लागेकोले रङ्ग बेच्न आएको शेर्पाले बताईन् । ‘रङ्ग बेचेको पैसाले विद्यालयको लागि आवश्यक पर्ने कपि र कलम किन्छु’ शेर्पाले भनिन् ।

तिहारको आगमनसंगै अहिले चरिकोटको सातदोबाटो चोकमा सानो कार्टुनमा सप्तरङ्गी टीका राखेर बेच्ने फुटपाथ व्यापारीहरूको संख्या निक्कै छ । केहि बालबालिकासँगै ठुला मानिस पनि रङ्ग बेच्न सक्रिय छन् । आफूहरूले विदाको समयमा सहज र सिजनको व्यापार गरेको बताउने रस्मीताकुमारी कत्बनीया फुटपाथमा व्यापार गर्दा मानिसको आवागमनमा समस्या हुने भन्दै प्रहरीले गालि गर्ने भएकोले समस्या भएको गुनासो सुनाउछन् । ‘हामी सधैँ फुटपाथमा बसेर व्यापार गर्ने हैन’ कत्बनीयाले भनिन्, ‘तिहार भरी व्यापार गर्न दिए हामीलाई ४-५ महिनालाई कपि कलम किन्न पुग्ने पैसा आम्दानी हुने थियो नी ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: