मिरिएम (नाम परिवर्तन) सिएरा लियोनमा हुर्केकी थिइन् र पाठशाला कहिले गएकी थिइनन् । वयस्क भएपछि मात्र उनले पढ्न र लेख्न सिकेकी थिइन् । उनलाई घुमिरहेको बेला प्रहरीले समातेको थियो । उनले आफ्नो अपराधको बारेमा बुझिनन् र एकै चोटि कारागार पुगिन् । उनले त्यहाँ पहिलो पटक कक्षा कोठाको अनुभाव बटुलेकी थिइन् । अरुको सहायता लिएर उनले आफूले कसरी पढ्न सिकेकी थिइन् भनेर कथा लेखिन् ।
‘तपाईं दोषी हो वा निर्दोष ?’
‘के भन्नुभएको ? मैले बुझिन ।’
‘के तपाईं दोषी हुनुहुन्छ ? उत्तर दिनुहोस् ।’
‘हजूर, सर ।’
एक वर्षपछि म सियरा लियोनको महिला सुधार केन्द्रबाट छुटेको थिएँ । म किन त्यहाँ थिएँ ? किनभने मलाई “दोषी” (guilty) शब्दको अर्थ थाहा थिएन र त्यहाँ कसैले अनुवाद पनि गरिदिएनन् ।
म ३५ वर्षीया पाँचजना बच्चाहरुको आमा हुँ र छिमेकीको घरमा लुटपात हुँदा मलाई समातिएको थियो । जब हामीलाई अदालतमा लगियो अशिक्षाको कारणले मैले गलत सफाई दिएछु ।
म कारागरमा हुँदा हप्तामा दुई पटक महिला बन्दीहरुको लागि सञ्चालन गरेको कक्षामा पढ्ने मौका पाएँ । म जस्तै अरु धैरै महिला बन्दीहरु अशिक्षित थिए र कहिलपनि पाठशाला गएका थिएनन् ।
केहि महिनापछि मैले कुनै कागजातहरुमा ल्याप्चे लगाउन परेन किनभने मैले मेरो नाम लेख्न सिकिसकेको थिएँ । मलाई ती कक्षाहरु साह्रै मनपर्थे र अरु महिलाले मलाई “विद्यालयकी केटी” भनेर बोलाउँथे ।
सुधार केन्द्रबाट छुटेपछि मैले आफ्नै व्यवसाय शुरु गरेको छु र परिवारलाई हेर्छु ।
मेरो नयाँ क्षमताको कारणले अहिले म महिलाले सञ्चालन गरेको स्थानीय बजारको अध्यक्ष भएँ र आर्थिक हिसाबको लेखाजोखा व्यवस्थित राखेको छु ।
जब म बजारको कामबाटफुर्सत पाउँछु म छिमेकीको बच्चहरुलाई पढ्ने र लेख्ने विधिहरु सिकाउँछु । यी कुरा मैले कारागरमा सिकेको थिएँ । मेरो शैक्षिक प्रमाणपत्रले मासिनहरुलाई प्रमाण दिन्छ की म पढ्न, लेख्न र हिसाब गर्न सक्छु । यो मेरो सबै भन्दा गर्व गर्ने उपलब्धिहरु मध्ये एक हो । तैपनि मलाई यो कथा लेख्न सहयागी चाहिएको थियो तर मलाई थाहा छ यो कागजमा मैले तपाईंलाई जुन कुरा बताउन चाहेको थिएँ सो कुरा यसमा लेखिएको छ । यसले मलाई एक प्रकारको अभिव्यत्तिको नियन्त्रणको अनुभूति गराएको छ । यस्तो पहिले कहिलेपनि भएन ।
सुधार केन्द्रमा मैल शिक्षाबाट बञ्चित भएको कारणले अन्याय भोगीरहेका महिलाकोे धेरै पृथक कथाहरु सुने । ती कथाहरुमा कागजातमा लेखेका कुराहरु नबुझी हस्ताक्षर र ल्याप्चे लगाएको, कोही दोषी शब्दको अर्थ नबुझेर दोषी ठहरिएको, लघुवित्तका जटिल सम्झैताहरु नबुझेर जेल जानु परेको थुप्रै उदाहरणहरु छन् ।
कारागारमा साक्षरता कक्षा सञ्चालन भएकोले मलाई शिक्षा पाएकाहरु कति भाग्यमानी रहेछन् भन्ने महसुश भयो । मैले थाहा पाएँ पाठशाला जानवाट बञ्चित गर्नु भनेको पूर्णरुपमा असक्षम पार्नु हो ।
मेरा धेरै गर्व गर्ने क्षणहरु छन् जस्तै महिलाले लेख्न सकेको, सूचिमा नाम फेला पारेको, व्यवसाय गर्दा नाफा र नोक्सानको हिसाब गरेको र किताब पढेर आनन्द लिएको देख्दा उनीहरुको जीवनमा परिर्वतन भएको महसुश हुन्छ ।
विशेष गरी महिला जब एउटा कक्षाबाट पास भएर अर्को कक्षामा जाँदा प्रमाणपत्र र उपाधि पाएर रमाएको देख्दा मलाई रमाइलो लाग्छ ।
साभारः– बिबिसी
Comment Here!