घरमै सरकार पसेपछि…………..


प्रकाशित मिति :2017-10-20 13:32:37

-लिलाराज भट्टराई-

सुनसरी । तिहारको रमझम बढिरहेको थियो । इटहरी–२ कि १ सय ८ बर्षीया हरीमाया राई घरमै आराम गरिरहेकी थिइन् । इटहरी सरकारका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम सहितका व्यक्तिहरू घरमै आइपुगे । आमाले किन आउनुभएको हो भनेर सोधिन् । उनीहरूले आमालाई दोसल्ला ओढाइदिए । केहि मीठो खानेकुरा  दिए । आठहजार रुपियाँ पनि हातमा राखिदिएर आर्शिवाद मागे । सय कटेर पनि दश पुग्न लागेकी आमा सरकार घरमै पस्दा कम्ति खुसी भइनन् ।

इटहरी २ की खडग कुमारी पराजुली सय बर्ष पुगिन् । सरकाले दिने भत्ता थाप्न बैंकमा गएर यो उमेरमा लाइन लाग्नुपर्दा उनलाई कस्तो समस्या हुन्थ्यो होला ? यसपाली भने भत्ता घरमै आइपुग्यो । इटहरीका मेयर र उपमेयरले घरमै आएर उनलाई सम्मान गरे । भत्ता हातमा थमाएर इटहरीको विकासका लागि आशिष मागे । सय बर्ष पुग्दा वल्ल तल्ल सरकार घरभित्रै पसेपछि पराजुलीको हर्षको सीमा रहेन ।

इटहरी उपमहानगरपालिकाका प्रमुख उपप्रमुखले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेका छन् । उपमहानगरपालिकाका निर्वाचित पदाधिकारीहरूले सामाजिक सुरक्षा भत्ता प्राप्तकर्ता मध्ये अशक्त र हिँड्डुल गर्न नसक्नेहरूको घर दैलोमा नै पुगेर बितरण गर्ने कार्यको सुरुवात गरेका हुन् । उनीहरूले सामाजिक सुरक्षा भत्ताको प्रथम चौमासिक किस्ता बापतको रकम प्रदान गरे ।

इटहरी ४ की ९६ बर्षीया नारायणी ढुङ्गेल, इटहरी ४ की ८३  बर्षीया किष्णुमाया दर्जी, इटहरी ५ का अशक्त ७५ बर्षीय सन्तबहादुर भुजेल र इटहरी आठका १६ बर्षीय अपाङ्गता भएका कुमार न्यौपानेलाई पनि मेयर, उपमेयरले सामाजिक सुरक्षा भत्ता वितरण गरे । अशक्त एवम जेष्ठ नागरिकलाई जनही ८ हजार रुपैयाँका दरले भत्ता घरमै पुर्याइएको नगरपालिकाका प्रवक्ता उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

‘एकजना आमा हातमा केहि लिएर बस्नुभएको थियो । छोरी जस्तै लागेछ क्यार । लेउ नानी यो खाउ भनेर मिस्रीको टुक्रा मेरो हातमा थपाउदै ती आमाले भन्नुभयो–इटहरीको घेरै विकास गर्नु है ।’ भत्ता वितरण गर्न गएका बेला एक जना हजुरआमाको यस्तो व्यवहार सुनाउदै गौतम आफ्नी हजुरआमाले पनि सानो छँदा आफूलाई त्यसैगरि मिश्री दिएको सम्झेर भावविहल भइन् ।

सुरक्षा भत्ता गाउँघरमा नै आएर नगरपालिकाका निर्वाचित प्रमुख उपप्रमुखले दिएकोमा सर्वसाधारण निक्कै खुसी भएर आर्शिवाद दिएको मेयर द्धारिकलाल चौधरीले महिलाखबरलाई बताए । उनका अनुसार सबैभन्दा जेष्ठ, अशक्त, अपाङ्गता भएका र हिँड्डुल गर्न नसक्ने व्यक्तिहरूलाई यसैगरि घरमै पुगेर भत्ता दिइने छ ।

अन्य सामाजिक सुरक्षा भत्ता पाउनेहरूलाई पनि वडास्तरकै बैङ्कमा खाता खालेर सहज रुपमा भत्ता पाउने अवसर उपलब्ध गराउने व्यवस्था समेत गरिएको प्रवक्ता गौतमले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: