फूलमा रमेकी हुमा


प्रकाशित मिति :2017-10-20 14:54:58

-शान्ता कमली-

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका २ की घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीसहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यवसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेसाको रुपमा चिनाएकी छन् ।

३७ वर्षकी हुमा सिप विकास प्रतिष्ठान– गैरी क्याम्पसको आकर्षक जागिर छोडेर पुष्प व्यवसायमा होमिएकी हुन् । गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई देखि ३ लाख कमाउछिन् ।

गुरुङले बेसीसहर–५ बोहोराबेसीमा साढे चार रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय सुरु गरेकी हुन् । दुई रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गरेकी छन् । साढे दुई रोपनी जग्गामा विभिन्न जातका फूल रोपेकी छन् । तीन महिनामा नै फुल्ने उक्त फूलको बिउ भने थाइल्यान्डबाट ल्याएको उनले बताइन् । ‘पहिले थोरै काम चलाउन बारीको कान्लातिर मात्र रोप्ने गरेकी थिएँ । ‘तीनवर्षबाट भने व्यवसायिक रूपमै खेती सुरु गरेकी हुँ’ उनले भनिन् ।

बिउ केही महँगो भए पनि फूल राम्रो भएपछि जाँगर चल्ने भन्दै उनले फूलखेतीका लागि ठूलो मेहनत पनि आवश्यक नरहेको बताइन् । ‘नर्सरीमा एउटा बिरुवाको २० रुपैयाँ जति पर्दोरहेछ,’ उनले भनिन्, ‘मैले २ हजार बोट लगाएको छु । एउटा बोटबाट २ देखि ३ सय रुपैयाँसम्म कमाइ हुन्छ ।’ दुई रोपनीमा लगाएको फूल खेतीबाट महिनामा २ देखि ३ लाखसम्म कमाइ हुने गरेको उनले बताइन् ।

नर्सरीबाट चैतको सुरुवातसँगै सय भन्दा बढी प्रजातिका पूmलका विरुवा बिक्री सुरु हुन्छ । नर्सरीबाट धुपी, अशोका, क्रिसमस ट्रि, सप्लेरिया लगायतका आर्कषक विरुवा, फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका विरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट  बिक्री  हुने गरेको गुरुङले बताइन् । फूलका प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि विरुवा उमार्ने तयारीमा रहेको गुरुङले बताइन् ।

फूलका विरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भईसकेको हुमाले बताइन् । उनले भनिन्, ‘ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ । पत्रकारहरूले विभिन्न सञ्चार माध्यममा आफ्नो व्यवसायको प्रचार प्रसार गरिदिएकाले यतिबेला आफूहरूलाई माग थेग्न निकै मुस्किल परेको हुमाले बताइन् । उनले भनिन्, ‘अब लमजुङमा फूलको सहर बनाउन सहज हुनेछ ।’

फूलको विरुवा व्यवसायमा हुमालाई दुई जना दिदीवहिनीहरूले पनि साथ दिएका छन् । दुई दिदीवहिनी र हुमा यतिबेला नर्सरीका लागि आवश्यक टनेल, बारबन्देज, बिक्रीकक्ष, ग्राहककक्ष लगायतका संरचना निर्माणमा जुटेका छन् । नर्सरीमा काम गर्दा आफुलाई सन्तुष्टि मिलेको पुष्प उनले बताइन् ।

फूलले बजार पाउँदा हर्षित

आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुसी छन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउछिन् । ‘यसरी आएको फोन र फूलले बजार पाउदा पुष्पव्यावसायमा अझ उत्साहित बनाएको छ,’ उनले भनिन्, ‘आगामी वर्ष ८ रोपनी जग्गामा फूल खेती गर्नेछु ।’ गुरुङ भन्छिन् ‘घरको बार्दली तथा बगैंचामा फूल रोप्न जिल्ला बाहिरबाट विरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प नर्सरी स्थापना भएपछि खुसी भएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: