बालिका स्वतन्त्रता अभियानमा गायक वियन्से


प्रकाशित मिति :2017-10-20 15:22:29

ख्यातिप्राप्त कलाकार वियन्सेको चर्चित गीत “फ्र्रिडम” विश्वव्यापी लक्ष्य अभियानको बालिका स्वतन्त्रताको माग राख्दै वृत्तचित्रमा प्रस्तुत गरिएपछि धेरै राम्रो स्थान पाएको छ ।

यो वर्षको अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बालिकाहरुका लागि स्वतन्त्रता (Freedom For Girls) नामक वृत्तचित्र  बाल विवाह, शिक्षामा पहुँच, र बेचबिखन लगाएत विश्वभरका बालिकाहरुले सामना गर्ने पिडादायी सवालहरुमा ध्यानाकर्षण गर्दै सार्वजनिक भएको छ ।

यूनिसेफ र बिल मेलिन्डा गेट्स फाउन्डेसन्को सहयोगमा बनेको चलचित्रले विश्वभर महिला आन्दोलनलाई सहयोग गर्ने नयाँ प्रतिवद्धताको चित्रण गर्दछ ।

‘म विश्वास गर्छु जागरुक महिलाले समाज रुपान्तरण गर्छन् । उनीहरुको भविष्य सम्भावनाले भरिएको हुन्छ, तर उनीहरुको निरन्तर प्रगति हुन्छ भन्ने छैन,’ मेलिन्डा गेट्सले एक वक्तव्यमा भनिन् ।

‘लाखौं बालिकाहरु अझै पनि छोरी भएकै कारण स्वास्थ्य, शिक्षा र समुन्नतिमा अवरोधको सामना गरिरहेका छन् । तर म आसावादी छु किनभने मैले धेरै किशोरीहरु भेटेको छु जो पहिलेदेखि नै आफ्नो समुदायमा परिवर्तनका लागि लडिरहेका छन् । उनीहरुलाई थाहा छ हरेकका लागि समान संसार झन् ठूलो संसार हो, र यो वृत्तचित्रले उनीहरुकै भावना र अठोटलाई प्रतिविम्बित गर्छ ।’

‘गएको वर्षको वृत्तचित्र  जुन महिलामा केन्द्रित थियो त्यो हर्षमय, रमाइलो  र आशावादी थियो । गएको वर्ष  विश्वव्यापी राजनैतिक भूदृश्यमा धेरै परिवर्तन हआएको छ । महिलाको एक्यवद्धतामा केन्द्रित भएर पुग्दैन,’ फिल्मका निर्देशक एमजे डेलानीले भने ।

‘यो वर्षको चलचित्र साहसिक छ र परिवर्तनको माग गर्दछ, किशोरी बालिकाहरुलाई आवाज दिएर साना बालिकाहरुको सम्पूर्ण पुस्ताका लागि यो प्रेरणादायी छ जसले गर्दा विश्वव्यापी लक्ष्यहरु सन् २०३० सम्म पूरा हुनसक्छन् । गएको वर्ष हामीले बालिका शक्तिको बीसौं वार्षिकोत्सव मनायौं । यो वर्ष हामी वियन्सेको विरोध गान “फ्र्रिडम” मार्फत्  शक्तिशाली बालिकाहरुको एउटा नयाँ र फरक पुस्तासँग मनाइरहेका छौं किनभने हामीलाई अहिले कार्यान्वयनको आवश्यकता छ ।’

सन् २०१५ मा विश्वका नेताहरु विश्वव्यापी लक्ष्यहरु  मा सहमत भए । यसमा सन् २०३० सम्म लैंगिक समानता र सबै महिला र बालिकाहरुलाई जागरुक बनाउने प्रतिबद्वता सम्मिलित थियो ।
साभारः– सीएनएन

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: