दिदीबहिनीबाट भाइटिका लगाइयो


प्रकाशित मिति :2017-10-21 18:24:20

-महिला खबर-

काठमाडौं । हिन्दु धर्मावलम्बी दाजुभाइहरुले आज आफ्ना दिदीबहिनीको हातबाट टीका लगाएका छन् । तिहारको अन्तिम दिन आज दाजुभाइहरुले दिदीबहिनीको हातबाट टीका लगाई आशीर्वाद लिने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको लागि आज बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । यो साइत खोज्नेका लागि निकालिएपनि आज बिहान ०८ बजेपछि दिनभर भाइटीका लगाउन शुभ छ ।

दिदी बहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका  लगाउने परम्परा छ। यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवन यापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी भाई डेगेन्द्र पाण्डेलाई टीका तथा माला लगाइदिदै ।

दिदी बहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वास समेत छ ।

यस्तै आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनका भाई डेगेन्द्र पाण्डेले टीका लगाए । राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशीर्वाद दिँदै कटुस, ओखर र मिठाइ खुवाइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका थाप्दै ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाइन् । उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: