महिलाप्रति वाम गठबन्धन पनि उद्धार देखिएन, प्रदेश र प्रतिनिधिसभामा १० महिलाको मात्रै उम्मेदवारी


प्रकाशित मिति :2017-10-22 18:39:25

-महिला खबर-

काठमाडौं । मंसीर १० गते हुन लागेको पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ ठुला पार्टीका १० जना महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा तिन जना र प्रदेशसभाका लागि सात महिलाको उम्मेदवारी परेको छ ।

सरस्वती बजिमय                              कमला रोका                                                     चम्पादेवी खडका

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रका लागि हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्ता आज भएको छ । बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता अपरान्ह् पाँच बजेसम्म चलेको थियो ।

प्रतिनिधिसभाको लागि बाम गठबन्धनबाट एक जना महिलाले मात्रै प्रत्यक्षमा चुनाव लड्न पाउने भएकी छिन् । माओवादीको तर्फबाट रुकुम पूर्वबाट कमला रोकाले उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै नेपाली काँग्रेस गठबन्धनबाट बाग्लुङ १ मा चम्पादेवी खडका र खोटाङबाट सरस्वती बजिमयले टिकट पाएका छन् ।

पहिलो चरणमा प्रदेशसभाका ७४ सिटका लागि हुने निर्वाचनमा बाम गठबन्धनले पाँच जना महिलालाई मात्रै प्रत्यक्षको टिकट दिएको छ । गठबन्धनमा एकिकृत नेकपा माओवादीले गोरखा (क) बाट कमला नहर्की, बझाङ (ख) बाट देवकी मल्ल, नुवाकोट (क) बाट राधिका तामाङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले दुई जना मात्रै म्याग्दी (ख) बाट नरदेवी पुन र मनाङ (ख) खण्डा लामा गुरुङले प्रत्यक्ष उम्मेदवारको टिकट पाएका छन् । उनीहरूले आज आ–आफ्नो क्षेत्रका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

उता काँग्रेस गठबन्धनका तर्फबाट भने प्रदेशसभामा दुई जना महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । ताप्लेजुङ (क) मा लिलादेवी बोखिम र बझाङ (क) मा चन्द्रादेवी जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।

उद्धार देखिएन वाम गठबन्धन

मुलुकमा स्थायी शान्ति, परिवर्तन र समृद्धिका लागि वाम गठबन्धन आवश्यक ठान्दै दुई ठुला पार्टी नेकपा एमाले र एकिकृत नेकपा माओवादीसहित राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् । तर, प्रदेश सभा र प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ महिलालाई उम्मेदवार बनाउन बाम गठबन्धन नै उद्धार देखिएन । ३७ सिटका लागि हुने प्रतिनिधिसभाको निर्वाचनमा एक जना महिलाले मात्रै टिकट पाउनु यसको उदाहरण हो ।

नेकपा एमाले र एकिकृत नेकपा माओवादी आफूलाई परिवर्तनका पक्षधर भनेर थाक्दैनन् । तर चुनावमा महिला नेताहरूलाई प्रत्यक्षमा टिकट नदिनु, समानुपातिकमा सिमित बनाउनु र उनीहरूलाई पार्टीको सहयोगी र समर्थकको भूमिकामा मात्रै केन्द्रित राख्नुले नेपालका वामपन्थी पार्टीहरू पनि पितृसतात्मक सोचबाट मूक्त हुन नसकेका उदाहरण हुन्। यी आधारबाट उनीहरूले महिलाको अस्तित्व र समान हैसियतलाई स्विकार्न सकेका छैनन् भन्ने कुरालाई प्रमाणित हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: