७४ बर्षीया प्याग्लाइडीङ चढ्ने हजुरआमाको हिम्मतः महिलाले गर्न नसक्ने काम केही छैन
सुनसरी । उहाँ आँखा राम्ररी देख्नुहुन्न । परबाट आइरहेको मान्छे आफ्नै नातेदार हुन या होइनन् त्यो नजिक नआएसम्म छुट्याउन हम्मे हम्मे पर्छ । उमेरले ७४ वर्ष काटीसक्नु भएको उहाँ कान पनि राम्रो सुन्नुहुन्न । आफै भन्नुहुन्न म कान पनि त्यती सुन्दिन र आँखा पनि राम्रो देख्दिन तर उहाँ भित्रको जोस र जागर भने अतुलनीय छ ।
उहाँ भित्र अटुट बिश्वास र ढृड संकल्प अझै छ । उमेरले ७४ पुगेपनि उहाँभित्रको जोस जागर हेर्ने हो भने भर्खर २१ या २२ जस्तो देखिन्छ । हामी चर्चा गर्दैछौ सुनसरी धरान निवासी ७४ बर्षीया बृद्धा पिङगलादेवी राजभण्डारीको । उहाले हालै नेपालमा नयाँ रेकर्ड राखेर सबैलार्इ चकित पार्नुभएको छ ।
नेपालको इतिहासमा महिला तर्फ ७४ बर्षको उमेरमा प्याराग्लाइडिङको अनुभव बटुल्ने सुनसरी धरानकी पिङगलादेवी राजभन्डारी सम्भवत पहिलो बृद्ध महिला हुनुपर्छ । यस भन्दा अघी पोखराका ८३ बर्षीय बृद्धले प्याराग्लाइडिङको अनुभव बटुलेर पूरूष तर्फको रेकर्ड राखिसक्नु भएको छ ।
प्याराग्लाइडिङलार्इ साहसिक पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक हवाई उडानको रूपमा लिइने गरिन्छ यसको यात्रा आफैमा जोखिम र साहसिक यात्रा गर्नु हो । त्यसमा पनि एक ७४ बर्षीया आमाले साहस देखाएर प्याराग्लाइडिङ चढनु सामान्य कुरा होइन ।
सुनसरीको धरान निवासी ७४ बर्षीया बृद्धा आमा भन्नुहुन्छ – महिलाले चाहे भने जे पनी गर्न सक्छिन । उहाँ भन्नुहुन्छ प्याराग्लाइडिङ चढने योजना पहिला देखीनै थियो तर समय नमिलेपछि त्यसको अनुभव संगालन सकिएको थिएन ।
सुरूमा केही अफ्ठेरो लागेको थियो तर पछि रमाइलै महसुस भएको हजुरआमा पिंगलादेबी बताउनुहुन्छ । टेलीभिजनका पर्दाहरूमा चरा जस्तै मान्छे उडेको देखेपछि आफुलार्इ पनि त्यसरी नै उडन मन लागेको बताउदै घर परिवारबाट इजाजत नपाएपछि आफ्नो इच्छा भित्रै दबाउनु परेको थियो ।
तर अब त मर्ने बेला भयो मेरो यो इच्छा पुरा गर्न देउ भन्दै परिवारमा आग्रह गरेपछि प्याराग्लाइडिङ चढने इच्छा पुरा भएको हजुरआमा बताउनुहुन्छ । चरा जस्तै बनेर आकासमा उडदाको अनुभव सुनाउदै हजुरआमाले भन्नुभयो माथी बाट हेर्दा धरान बास्तवमै रमाइलो र आकर्षक देखिदो रहेछ , मैले कल्पना पनि गर्न नसकेको म बसेको धरान यती शुन्दर छ भनेर ।
धरान मै प्याराग्लाडिङ संचालन भएको हुनाले ७४ बर्षीया हजुरआमाले प्याराग्लाडिङको अनुभव बटुल्ने मौका पाउनुभएको थियो । ७४ बर्षीया ति आमाको जोस जागर देखेर आफै चकित भएको पर्यटन ब्यवसायी धरान स्कार्इ एडभेन्चर प्रा।ली।का अध्यक्ष रोसन अधिकारी बताउनुहुन्छ । म पनी उडने भन्दै सुरूमा सारी लगाएर आउनुभएको थियो , पछि सारीमा मिल्दैन भनेर सम्झाएर पठाएको र भोलिपल्टै ट्रयाकसुटमा अगाडी उभिएर लु उडाउ मलाइ भनेपछि एकछिन त आफै चकित बनेको ब्यवसायी अधिकारी बताउछन ।
यता पूर्वमै पहिलो पटक सुनसरीको धरानमा भित्रीएको साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
गत बर्षबाट सञ्चालन भएको प्याराग्लाइडिङ सुनसरीको धरान २९ छोटी मोरङबाट दैनिक उडान भर्ने गरेको छ । पर्यटन ब्यवसायी एवम धरान स्कार्इ एडभेन्चरका अध्यक्ष रोसन अधिकारीले बताए अनुसार दैनिक सो स्थानबाट २० देखी ३० जना सम्मले प्याराग्लाइडिङको अनुभव बटुल्ने गरेका छन् । पूर्वेली न्यूजबाट
Comment Here!