अभिभावकविहीन बालिकालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-10-23 11:14:28

बालिकालाई रकम हस्तान्तरण गर्दै दोलखा समाज जापानका अध्यक्ष नवराज थापा

दोलखा । दोलखा समाज जापानले दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ जिलुको अभिभावक नभएकी एक बालिकालाई आर्थिक सहयोग गरेको छ । मनिका बस्नेतलाई ५५ हजार रुपैया सहयोग गरेको समाजले जनाएको छ ।

आर्थिक अभावमा अभिभावक नभएकी बालिकाको पढाइमा बाधा पुगेका समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएपछि जापानमा काम गदै आएका दोलखाली र दोलखा समाज जापानका पदाधिकारीहरुसंग संकलन गरिएको ५५ हजार नेपाली रुपैयाँ बालिकालाई प्रदान गरिएको दोलखा समाज जापानका अध्यक्ष नवराज थापाले जानकारी दिए ।

सहाराविहीन मनिकालाई दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले पनि ५ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मनिकालाई दोलखा तामाकोसी गाउँपालीकाका स्थानीय ठाकुरप्रसाद पोखरेले पनि १० हजार रुपैया सहयोग गरेका छन् ।

आर्थिक अभावमा पढ्न समस्या भएकी मनिकाले अब भने पढ्न सजिलो हुने बताएकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: