शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट


प्रकाशित मिति :2017-10-23 11:59:29

यमुना खनाल\महिला खबर

सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको प्रस्ताव अस्विकार गर्दै आएका कारण बुहारीलाई कुटपिट भएको बुझिएको छ ।

गएको असोज ३१ गते श्रीमानसँग सामान्य विवाद हुँदा ससुरा रामसेवक महराले, छोरा अजय महराकै अगाडी बुहारी शोभा महरालाई मरणासन्न हुने गरि कुटपिट गरेको पीडितले बताइन् ।

आफूलाई ससुराले सबैका अगाडि मरणासन्न हुने गरि कुट्पिट गर्दा समेत श्रीमान अजयले बुबालाई नरोकेर रमिता हेरेको पनि शोभाले बताइन् ।

‘हामी लोग्ने स्वास्नीको सामान्य विवाद भयो । त्यही विषयमा ससुराले मलाई कुटपिट गरे । तर श्रीमानले एक शब्द पनि बोलेनन् । बुबालाई नकुट्नुस् पनि भनेनन्’ शोभाले भनिन्, ‘आमा बुबाकै कुरा सुनेर श्रीमानले किचकिच गर्छन् । ससुराको कुटाइबाट थला परे पनि उपचार गर्न समेत लिएनन् ।’

छोरीलाई ससुराले मरणासन्न हुने गरि पिटेको र उपचार गर्न समेत नलगेको भन्दै शोभाका माइतीले प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । ससुराको कुटाइबाट शोभाको अनुहार, आँखा, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । टाउकोमा गहिरो चोट लागेको छ ।

ससुराको कुटपिटबाट वेहोस अवस्थामा रहेकी महरालाई गोलबजार प्रहरीले उद्धार गरेको थियो । अहिले माइती पक्षको निगरानीमा उनको मिर्चैयामा उपचार भईरहेको छ । उनका डेढ वर्षका एक छोरा छन् ।

घटना भएको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्याय नेतृत्वको टोलीले शोभालाई उपचारका लागि गोल बजार ल्याएको थियो भने ससुरा र अजयलाई पक्राउ गरेको थियो । पक्राउ परेका बाबु छोरा अहिले दैनिक तारिखमा रिहा भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडी मात्र घर आएको शोभाले बताइन् । श्रीमान् बिदेशमा हुँदा ससुराले विभिन्न कारणले पटक–पटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताईन् ।

श्रीमान बैदेशिक रोजगारीमा गएका बेला ससुराले शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपीट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

ईलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले घटनाको प्रकृति र पीडितको अवस्था हेर्दा पिडकलाई पक्राउ परेकै दिन मुद्धा चलाउनु पर्ने देखिए पनि पीडितको जाहेरी नआउदा मुद्धा दर्ता गर्न नसकेको बताए । उनीहरुलाई अहिले दैनिक तारिखमा छोडिएको र पीडितलाई बोलाएर थप कार्बाही अगाडी बढाउने उपाध्यायले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: