काठमाडौं । बाँके प्रहरीले सामूहिक बलात्कारको भिडियो खिचेर त्यही भिडियो सार्वजनिक गरिदिने धम्की दिई युवतीलाई बारम्बार बलात्कार गरी फरार रहेका मुख्य प्रतिबादी पक्राउ गरि अनुसंधान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा प्रहरी निरीक्षक बिरबहादुर थापाका अनुसार प्रहरीले बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ बस्ने २२ बर्षका राजु बुढाक्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको हो । प्रेम गर्ने भनेर ललाई फकाई मादक पदार्थ सेवन गराई साथीहरुको सहयोगमा युवती बलात्कार गरेको अभियोगमा राजु पक्राउ परेका हुन् ।
राजुले २०७४ जेठ १० गते राती साढे ९ बजेको समयमा आफ्ना साथीहरुको सहयोगमा पीडित परिवर्तित नाम संकेत ६५(४) लाई प्रेम गर्ने भनी बहाना बनाई ललाई फकाई गरि जवरजस्ती करणी गरि अश्लिल फिल्म समेत निर्माण गरेको आरोपमा कोहलपुर प्रहरीले मुद्दा दर्ता गरेको थियोे ।
सो घटनामा राजुकै साथीहरु बर्ष १९ का दिपेश डाँगी र बर्ष २० का सागर शाही समेतले पीडितलाई कोहलपुरको चपरगौडी बजारमा लगि मादक पदार्थ बियर खुवाई तिनै जनाले कोहलपुर नगरपालिका वडा नं १३ सिम्रीस्थित सामुदायिक जंगलमा लगि जबरजस्ती करणी गरेका थिए । घटना पछि दिपेश र सागर अझै फरार छन् । प्रहरीले उनीहरुको खोजि गरिरहेको जनाएको छ ।
राजुले सुरुमा जबरजस्ती करणी गरेपछि दिनेश र सागरले मोबाईलबाट भिडीयो खिचेको र त्यस पछिका दिनमा यौन सम्पर्क गर्न नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिइ पटक–पटक सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
युवतीलाई डर देखाएर अनुचित प्रभावमा पारी सामूहिक रुपमा जबरजस्ती करणी गर्ने गरेको र घटनाको भिडियो समेत सार्वजनिक भएपछि पीडितको तर्फबाट प्रहरीमा जानकारी गरिएको थियो । प्रहरीलाई घटनाबारे पीडितको तर्फबाट जानकारी गराए लगत्तै पीडकहरु उपर ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा भदौ १७ गते प्रहरीले सामूहिक बलात्कारको मुद्दा दर्ता गरेको थियो ।
घटनामा संलग्न अभियुक्तहरु भागि फरार भएकोमा प्रहरी टोलीले निजहरुको खोज तलासको क्रममा कात्तिक ३ गते राजुलाई बर्दिया जिल्लाको बासगढी क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी बाँके जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान सुरु भएको जनाएको छ ।
Comment Here!