प्रतिनिधिसभामा रामेछापबाट दुई महिलाको उम्मेदवारी


प्रकाशित मिति :2017-10-23 14:24:17

-महिला खबर-

रामेछाप । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार रामेछापबाट दुई महिलाले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभाका लागि भने कसैको पनि उम्मेदवारी दर्ता भएन । वाम गठबन्धनले टिकट नदिएपछि माओवादी केन्द्रकी लक्ष्मी गुरुङले स्वतन्त्र उम्मेदवारका रुपमा र राष्ट्रिय जनता पार्टीबाट रितामाया कार्कीले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

लक्ष्मी गुरुङ, स्वतन्त्र उम्मेदवार

बाम गठबन्धन र नेपाली कांगे्रस गठबन्धन लगायत १३ दलहरुबाट सबै पुरुष उम्मेदवारको मात्रै मनोनयन दर्ता भएको छ ।

निर्वाचनका लागि रामेछापमा ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा प्रतिनिधिसभाका लागि १४ जना, प्रदेशसभा (क)का लागि १० जना र प्रदेशसभा (ख)का लागि १२ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएकी लक्ष्मी गुरुङ माओवादी केन्द्रकी नेतृ, पूर्व संविधानसभा सदस्य तथा दोस्रो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट माओवादीबाट प्रत्यक्ष उम्मेदवार हुन् ।

उम्मेदवारी दर्ता गराएसँगै गुरुङले बाम गठबन्धन आजको आवश्यकता र अपरिहायर्ता रहेको भएता पनि रामेछापमा माओवादी आन्दोलनको विगतको इतिहास फरक र ओझपूर्ण रहदारहदै पनि त्यो इतिहास ओझेल पर्न नदिनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताइन् । उनले केन्द्र र एक प्रदेशको माग गरे पनि आफूहरु केन्द्रमा मात्र सिमित भएकोले पनि उम्मेदवारी दिनुपरेको बताइन् ।

क्षेत्र नं २ मा एकल लड्दा पनि माओवादी बलियो हुँदाहुँदै छाड्नु परेकोमा दुख लागेको बताइन् । उनले पार्टीको नीति र नेतृत्व स्वीकार गर्ने बताउदै नेतृत्वमा असर नपर्ने गरि आन्दोलनका पीडित, प्रभावित र न्याय पाउन नसक्नेहरुका आवाजको कदर गर्दै उम्मेदवारी दिएको बताइन् । गुरुङले आफूले पार्टीको संस्थागत विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: