काठमाडौं । गत शुक्रबार बेलुका कर्णाली नदीमा हाम फालेकी नरहरीनाथ गाउँपालिका वडा नं.–९ लालु कि २० बर्षिया बिमला शाही फेला परेकी छैनन् । शुक्रबार घरबाट तिहारको सामान किन्नका लागि नरहरीनाथ वडा–८ खुलालु बजारमा पुगेका बेला नजिकैको कर्णाली नदीमा हाम फालेर शाही बेपत्ता भएकी हुन् ।
बेपत्ता भएको ४ दिन बितिसक्दा पनि शाहीको कुनै पत्तो नलागेको काका कृष्णबहादुर शाहीले बताए ।
कर्णाली नदीमा हाम फालेर बेपत्ता भएकी शाहीको खोजी कार्य तिब्र पारिएको र अहिलेसम्म पनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख सुबासचन्द्र बोहोराले बताए ।
उनले नदीमा हाम फाल्नुको कारण भने पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।
Comment Here!