देउसीभैलोको रकमबाट आपतकालिन कोष खडा


प्रकाशित मिति :2017-10-23 14:41:40

-महिला खबर –

काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका ११ तिलाहर स्थित दलित बस्तीका बालबालिकाले देउसीभैँलो खेलेर आपतकालिन कोष खडा गरेका छन् ।

दलित समुदायमा बालबालिकालाई आपत विपद पर्दा, गाउँमा कुनै महिला सुत्केरी हुँदा, विरामी पर्दा लगायतका आपद विपद्मा सहयोग गर्ने लक्ष्य राखिएको कोषकी कोषध्यक्ष सर्मिला वि.कले बताइन् ।

उनले भनिन्–‘दलित समुदायका महिला तथा बालबालिकाहरु बढी समस्यामा पर्छन् । उनीहरुलाई कोषमार्फत सहयोग गर्ने हाम्रो लक्ष्य छ ।’

बालबालिकाले प्रत्येक महिनामा मासिक ५० रुपैँयाका दरले रकम संकलन गरेर कोषलाई बढाउदैँ लैजाने लक्ष्य राखेको कोषकी सदस्य राधिका वि.ले बताइन् । बालबालिकाले खेलेको देउसीभैँलोमा ५ हजार भन्दा बढी रकम संकलन भएको छ । बालबालिकाले कोष सञ्चालनका लागि १३ सदस्यीय समिति समेत गठन गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: