आमा भन्दा बढि बुबा खोज्ने चलनले विजोग


प्रकाशित मिति :2017-10-23 15:00:55

काठमाडौं । महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालमा आमा भन्दा बढी बुबाको खोजी हुने चलनले हजारौं नेपाली आमा र तिनका सन्तानको विजोग भइरहेको बताएका छन् ।

श्रेष्ठले नेपाली नागरिकता लिनका लागि जस्तोसुकै परिस्थती आइपरे पनि रगत–पसिना बगाउँदै जन्म दिएर हुर्काउने आमाको भन्दा बढि बुबाको खोजी र चासो लिने पितृसत्तात्मक सोच र नियमका कारण लाखौं नेपाली आमा र उनका बालबालिका पीडित भइरहेको बताए ।

संविधानको व्यवस्थाले नेपाली चेलीलाई नै नागरिकताविहीन बनाईरहेको जिकिर गर्दै नागरिकता सम्वन्धी ऐन छिट्टो बन्नुपर्ने र कार्यान्वयनमा आउनुपर्ने बताए ।

सोमबारदेखि काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा नागरिकताबाट बञ्चित नेपालीहरूको व्यथा समेटिएको तीन दिने फोटो प्रदर्शनीको उद्घाटनका क्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।

यत्तिबेला नयाँ संविधान कार्यान्वयन भईरहेको अवस्थामा नागरिकता सम्वन्धी कानुन नबनेको भन्दै नागरिकता नबन्ने क्रम यथावत नै रहेको समयमा आयोजित ‘नागरिक तर ?’ नागरिकताबाट बञ्चित नेपालीहरूको कथा सम्वन्धी फोटो प्रदर्शनीको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरे ।

निर्वाचन नजिकै गर्दा मत माग्न घर, घर पुग्ने उम्मेदवारलाई नागरिकता सम्वन्धी ऐन बनाउन दबाव दिन सुझाव दिंदै उनले नीति बनाउनेहरूलाई झकझकाउन प्रदर्शनीले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष शर्माले नागरिकताका सम्बन्धमा न्यायालयहरूबाट भएका केही फैसलाहरूको सारसंक्षेप तथा प्रतिपादित नजिर समेटेर तयार पारिएको पुस्तकको लोकार्पण समेत गरे ।

महिला कानुन र विकास मञ्चका अध्यक्ष अधिवक्ता मिरा ढुङ्गानाले नागरिकता सम्वन्धमा न्यायालयहरूबाट भएका फैसलालाई अन्य कर्मचारीले नजिरका रूपमा लागु नगर्ने अवस्थाका कारण पनि कयौं नेपाली नागरिकताविहीन हुनुपरिरहेको बताइन् ।

दुईदिने प्रदर्शनीमा राखिएका हरेक फोटोहरूले नागरिकताविहीन हुनुपर्दाको दुःखद कथा र व्यथालाई समेटेका छन् ।

फोटोहरूमा नागरिकता लिन सङ्घर्ष गरिरहेका महिला र तिनका युवा अवस्थाका छोराछोरीहरू छन् । फोटोहरुमा नागरिकता लिन नपाउँदा उच्च शिक्षा हासिल गर्नमा समस्या, व्यापार व्यवसाय गर्नका लागि बैंकबाट सहुलियत दरमा ऋण नपाएर चर्को व्याज तिरेर काम गरिरहेका, जन्मदर्ता नहुँदा स्कुलबाटै निस्कासित, मोवाईलको सिम लिन, उच्च शिक्षाका लागि छात्रवृत्ति पाउन,वैदेसिक रोजगारीमा जान, नेपाल सरकारको सेवाका जागिर गर्न नपाएकोलगायत समस्या नागरिकताविहीन नेपालीहरूले भोग्नुपरेको सम्पूर्ण दृष्टान्त उल्लेख छन् ।

महिला कानुन विकास मञ्च र नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालको सहकार्यमा आयोजित प्रदर्शनीमा नेपाली भएर पनि नागरिकता नपाउने विशेष कारणमा भने विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोबास गरेको, धेरैजसो अन्तरजातिय विवाह गर्दा घरपरिवारले नस्वीकारेको, पिताले गर्भमा छँदै छाडेर वेपत्ता भएको र नाता नस्विकारेको समेत छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: