अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा दश महिलाले जिते पदक


प्रकाशित मिति :2017-10-23 15:04:32

–महिला खबर–
काठमाडौं । थाइल्यान्डको बैंककमा भएको सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालका दश महिलाले पदक जित्न सफल भएका छन् ।

प्रतियोगिताको फाइनल खेलमा फाइटतर्फ ६७ किलोमुनि नेपालकी रेखमाया गुरुङले इन्डोनेसियालाई हराउदैँ स्वर्ण जितेकी छिन् । यस्तै महिला ५३ किलोमुनितर्फ नेपालकी पार्वती गुरुङले श्रीलंकालाई गराउदैँ स्वर्ण जितेकी छिन् ।

यस्तै पुम्सेतर्फ १४ वर्ष मुनिमा नरमाया गुरुङले भारत, १४ वर्षमाथिमा जस्मीन गुरुङले चीन, ४६ किलोमुनितर्फ सन्ध्या थापाले ओमनलाई हराएर स्वर्ण जितेका छन् । पुम्सेमै रिखमाया गुरुङले काश्य जितेकी छिन् ।

फाइटमा मनकुमारी गुरुङ, मेलिना गुरुङले रजत जित्न सफल भएका छन् । पुम्सेमा दिपीसा गुरुङ, पार्वती गुरुङले रजत जितेका छन् । प्रतियोगितामा भारत, पाकिस्तान, चिन, दक्षिण कोरिया, इन्डोनेसिया, मलेसिया लगायतका देशको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: