दुर्गा पौडेल प्यूठानमा साझा वाम उम्मेदवार


६ महिला प्रतिनिधिसभा र ७ जना महिला प्रदेशसभामा लड्ने

प्रकाशित मिति :2017-10-23 15:37:49

महिला खबर

काठमाडौं । एमाले र माओवादी केन्द्रले एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन् । यो सहमति भएपछि नेकपा (मसाल) का दुर्गा पौडेल साझा वाम उम्मेदवारका रुपमा प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्नेभएकी छन् ।

पुराना कम्युनिष्ट नेता महामन्त्री मोहनबिक्रम सिंहकी श्रीमती समेत रहेकी पौडेलका लागि प्यूठान छाड्न एमाले र माओवादी केन्द्र दुवै सहमत भएका हुन् ।

बाग्लुङमा प्रतिनिधि सभाका दुवै सिट एमाले–माओवादी केन्द्रलाई छाड्न राष्ट्रिय जनमोर्चा सहमत भएपछि पौडेलका लागि प्यूठान छाडिएको हो । प्रदेश सभाका लागि प्यूठानका दुई क्षेत्रबाट भने एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिनिधि सभातर्फ बाग्लुङका दुईमध्ये एउटामा एमालेका र अर्काेमा माओवादी केन्द्रका उम्मेदवार साझा वाम उम्मेदवार हुनेछन् । प्रदेश सभातर्फ भने दुई राष्ट्रिय जनमोर्चालाई र बाँकी दुईमध्ये एउटामा एमाले र अर्काेमा माओवादी केन्द्रले प्रतिस्पर्धा गर्नेछन् ।

दुर्गा विघटित व्यवस्थापिका–संसदमा पनि राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद थिइन् ।

प्रतिनिधिसभामा ६ महिला उम्मेदवार

पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने महिलाको संख्या ६ पुगेको छ । वाम गठबन्धका तर्फबाट प्यूठानमा दुर्गा पौडेल, रुकुम पूर्वबाट माओवादीकी कमला रोका, नेपाली काँग्रेस गठबन्धनबाट बाग्लुङ १ मा चम्पादेवी खडका, खोटाङबाट सरस्वती बजिमय, रामेछापबाट स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ ९माओवादी केन्द्र० र राष्ट्रिय जनता पार्टीबाट रितामाया कार्कीले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सभामा सात महिला उम्मेदवार

पहिलो चरणमा प्रदेशसभाका ७४ सिटका लागि हुने निर्वाचनमा बाम गठबन्धनले पाँच जना महिलालाई मात्रै प्रत्यक्षको टिकट दिएको छ । गठबन्धनमा एकिकृत नेकपा माओवादीले गोरखा ‍(क) बाट कमला नहर्की, बझाङ (ख) बाट देवकी मल्ल, नुवाकोट (क) बाट राधिका तामाङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले दुई जना मात्रै म्याग्दी (ख) बाट नरदेवी पुन र मनाङ ९ख) खण्डा लामा गुरुङले प्रत्यक्ष उम्मेदवारको टिकट पाएका छन् । उनीहरूले आज आ–आफ्नो क्षेत्रका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

उता काँग्रेस गठबन्धनका तर्फबाट भने प्रदेशसभामा दुई जना महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । ताप्लेजुङ (क) मा लिलादेवी बोखिम र बझाङ ९क० मा चन्द्रादेवी जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: