–सर्मिला बुढाथोकी–
दोलखा । जिल्लामा सञ्चालन गरिएको लैंगिक हिंसा विरुद्धको सचेतनामूलक अभियान प्रभावकारी बन्दै गएको छ । एसियाली विकास बैंकको सहयोगमा लैंगिक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति दोलखाले लैंगिक हिंसा नियन्त्रण जिल्ला कार्यकारीणी समिति मार्फत अभियान सञ्चालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले चेतना मूलक अभियानले बाल विवाह नियन्त्रण, घरेलु हिंसा एवम् महिला हिंसा नियन्त्रण गर्न सहयोग पुगेको बताए ।
अभियानका क्रममा चेतना मूलक सडक नाटक, भिडियो प्रर्दशनी, गाउँ स्तरिय लैंगिक हिंसा नियन्त्रण समिति गठन गरेर कार्यक्रम सञ्चालन भएको थियो ।
समितिले दुई बर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला स्तरीय तथा इलाका प्रहरी कार्यालय जिरी र सिंगटी मार्फत गाउँ स्तरीय चेतना मूलक कार्यक्रम र लैङ्गीक हिंसा नियन्त्रण समिति गठन गरिएको लैङ्गीक हिंसा नियन्त्रण जिल्ला समन्वय समितिमा कार्यरत प्रहरी निरीक्षक अनु लामाले बताए ।
कार्यक्रम प्रभावकारी बन्दै गएपछि थप चार महिनाको लागि कार्यक्रम स्वीकृत भएको छ ।
यस्तै लैंगिक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति अन्र्तगतको लैङ्गीक हिंसा नियन्त्रण जिल्ला कार्यकारीणी समिति समेत पुनर्गठन गरिएको छ । समितिको अध्यक्षमा महिला मानव अधिकारकर्मी सिर्जना कार्की रहेकी छिन् ।
Comment Here!