नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ मा मैनाली


प्रकाशित मिति :2017-10-24 13:24:52

Image result for सच्ची मैनाली-महिला खबर –

काठमाडौं । संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनाली नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ घोषित भएकी छिन् ।

अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित नेपाल तथा अमेरिकामा रहेका नेपाली मूलका कलाकारहरुलाई अमेरिकामा अवसर तथा मञ्च प्रदान गर्दै आएको भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट संस्थाले पहिलो पटक उक्त घोषणाको आयोजना गरेको हो ।

अमेरिकाको पेनसेलभेनिया बसोबास गर्दै आएकी मैनाली अहिले डीसी क्षेत्रबाट संचालित विधुतिय पत्रिका ईनेप्लिज कि सहयोगी हातका रुपमा कार्यरत छिन् ।

मैनालीलाई गत अक्टोबर २१ तारिख डीसी महानगर क्षेत्रको भजिनियाको फल्सचर्चमा मैनालीलाई उक्त घोषणा गरिएको हो । मैनालीले सर्वाधिक सामाजिक सञ्जाल विधुतिय मत तथा निर्णायकहरुको मत प्राप्त गरेकी थिइन् ।

नेपालमा समेत सामाजिक सेवामा काम गरेको, हाल अमेरिकामा रही नेपाली समुदायमा उल्लेखनीय योगदान गर्ने महिलाहरु मध्येबाट छनौट गरि एक जना लाई नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को पुरस्कारद्वारा सम्मानित गरिएको हो ।

प्रतिस्प्रर्धामा मनोनयन हुने महिलाहरुमा सच्ची मैनाली, मौसमी मल्ल, शान्ति श्रेष्ठ, बिना खड्का लामा, रुकमणि कार्की, सुमना दवाडी, प्रसिदा खनाल तथा उर्मिला पन्थी रहेका थिए । यस्तै मौसमी मल्ल तथा सुमना दवाडी उप–बिजेता भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: