पहिलो चरणको निर्वाचनमा पाँच प्रतिशत मात्रै महिला उम्मेदवार


प्रकाशित मिति :2017-10-24 14:46:48

महिला खबर

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ४१ जना अर्थात ५ प्रतिशत महिलाको मात्र उम्मेदवारी परेको छ ।

मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख ठुला दलहरुबाट नै न्यून संख्यामा महिला उम्मेदवार उठाउदा ५.११ प्रतिशतमात्रै महिलाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ३ सय २० जनामध्ये १८ (५.५९प्रतिशत) र प्रदेशसभातर्फका ४ सय ८२ उम्मेदवारीमा २३ (४.७७ प्रतिशत) गरी जम्मा ४१ जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा निर्वाचन ऐनमा दलहरुले समानुपातिकतर्फको उम्मेदवार बनाउँदा अनिवार्य ५० प्रतिशत महिलालाई उठाउनुपर्ने प्रावधान छ तर प्रत्यक्षतर्फको उम्मेदवारी ऐनले केही नबोलेको र बाध्यकारी कानुनी व्यवस्था नहुँदा दलहरुले महिलालाई प्रत्यक्ष तर्फ टिकट नदिएको महिला नेताहरुको भनाई छ ।

प्रतिनिधि सभामा ५ प्रतिशत महिलाको मात्रै उम्मेदवारी

प्रत्यक्षतर्फ ३४ दलले उम्मेदवारी दिएका थिए जसमा १८ महिला अर्थात ५.११ प्रतिशत महिला मंसिर १० गते हुने प्रतिनिधि सभाको चुनावी प्रतिस्प्रर्धा उत्रिएका छन् ।

प्रतिनिधि सभाका लागि कांग्रेसले बाग्लुङ–१ मा चम्पादेवी खडका र खोटाङबाट सरस्वती बजिमय र माओवादी केन्द्रले रुकुम पूर्वमा कमला रोका गरी प्रत्यक्षतर्फ महिला उम्मेदवार बनाएका छन् । एमालेले भने प्रतिनिधि सभाका लागि कुनै पनि महिलालाई उम्मेदवारी बनाएको छैन ।

साना दलबाट एघार महिलाको उम्मेदवारी

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ साना दलहरुले ११ जना महिलालाई उम्मेदवार बनाएका छन् ।

वाम गठबन्धन र नेपाली कांग्रेस गठबन्धनबाट प्रत्यक्ष तर्फ महिलाले टिकट पाउनेमा आशावादी देखिएका महिला नेताहरु निरास भएको अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष रेणु यादवले बताइन् ।

‘प्रत्यक्ष तर्फ आरक्षण सिट नभएको कारणले महिलाहरु आउन नसकेको अवस्था छ । सक्षम महिलाहरु हुँदाहुँदै पनि राजनीतिक दलहरुले महिलालाई प्राथमिकता दिएनन् । ऐनमा नै बाध्येकारी व्यवस्था नभएसम्म महिलालाई टिकट दिन दलहरु कन्जुस्याँइ गरि रहन्छन् ।’

साना दलहरु मध्ये राप्रपा नेपालबाट १, राष्ट्रिय जनमोर्चाबाट २, राप्रपा राष्ट्रवादीबाट २, राजपाबाट १, नेपाली जनता दलबाट १, संघीय लोकतान्त्रिक मञ्चबाट १, देशभक्त गणतान्त्रिकबाट १, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीबाट १, राष्ट्रिय जनमुक्ति पार्टीबाट १ गरी एघार महिला प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।

चार महिला स्वतन्त्र उम्मेदवार

चार महिलाहरुले स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । दलहरुले महिलालाई टिकट दिन कन्जुस्याँई गरेपछि चार महिलाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभामा ४.७७ प्रतिशत महिलाको उम्मेदवारी

प्रदेशसभातर्फ ७४ सिटका लागि ४८२ जनाको उम्मेदवारी परेकोकोमा २३ जना अर्थात ४.७७ प्रतिशत मात्रै महिलाको उम्मेदवारी परेको छ ।

प्रदेशसभामा कांग्रेस २,नेकपा एमालेबाट २ र माओवादी केन्द्रबाट ३ जना महिला गरी सात जना महिलाको उम्मेदवारी परेको छ ।

वाम गठबन्धनले पाँच महिलालाई मात्रै प्रत्यक्ष तर्फको उम्मेदवारी बनाएको छ । गठबन्धनमा नेकपा माओवादी केन्द्रले गोरखा (क) बाट कमला नहर्की, बझाङ (ख) बाट देवकी मल्ल, नुवाकोट (क) बाट राधिका तामाङलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले प्रदेशसभाका लागि म्याग्दी (ख) बाट नरदेवी पुन र मनाङ (ख) बाट खण्डा लामा गुरुङलाई प्रतिस्पर्धामा खडा गरेको छ ।

नेपाली काँग्रेसले प्रदेशसभामा ताप्लेजुङ (क) मा लीलादेवी बोखिम र बझाङ (क) मा चन्द्रादेवी जोशीलाई उम्मेदवार बनाएको छ ।
राजपा, संघीय समाजवादी फोरम २, नयाँ शक्ति पार्टीले २ र अन्य साना ८ दलले १ र १ जना महिला उम्मेदवार बनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: