प्रहरीको पहलमा बालिकाविवाह रोकियो, मध्यरातमै जन्ती फर्के


प्रकाशित मिति :2017-10-24 18:52:22

-यमुना खनाल-

लाहान । लाहान नगरपालिका वडा नम्बर ६ मा हुन लागेको बालिकाविवाह प्रहरीले रोकेको छ । सिराहाको लाहान नगरपालिका ६ की सबिला खातुनको भारत मधुवनी जिल्ला पदमा ग्रामका मोहम्मद आशिफ एकवालसँग सोमबार राती हुन लागेको विवाह प्रहरीले रोकेको हो ।

एकवाल जन्तीसहित बेहुलीको घर लाहान ६ मा भारतको मधुबनीबाट आईपुगेका थिए । करिब ३ सय भन्दा बढी जन्ती लिएर आएको बिबाहमा ‘निकाहा’ (स्वयम्बर) हुन लाग्दा प्रहरीले रोकेको हो । बालविवाह हुँदैछ भन्ने सूचना पाएपछि प्रहरी विवाह स्थल पुगेर विवाह हुनबाट रोकेको थियो ।

प्रहरीले सुचना पाउना साथ विवाह प्रहरीको टोली विवाह मन्डपमा पुगेको ईलाका प्रहरी कार्यलय लाहानका डीएसपी नरेशराज सुबेदीले जानकारी दिए । बेहुलीको उमेर नपुगी विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लाहानका प्रमुख डिएसपी सुवेदीले बताए ।

विवाह हुन लागेकी खातुन मदरसामा पढ्छिन् । उनको उमेर १४ बर्ष मात्र छ । तर परिवारको सहमतिमा हुन लागेको विवाहमा बेहुला एकवालको उमेर अन्दाजी २९-३० बर्षको भएको प्रहरीले बताएको छ । बेहुलीको उमेर नपुगेकाले विवाह रोक्न प्रहरी विवाह स्थल पुगेपछि दुवै पक्षबिच विवाह नगर्ने सहमति भएपछि जन्ती राती नै फर्केको प्रहरीले बताएको छ ।

मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी संशोधित  महल अनुसार  केटा र केटी दुबैको उमेर विवाहका लागि २० बर्ष हुनुपर्ने उल्लेख गरिएको छ । तर देशका विभिन्न ठाउँमा अहिले पनि कानुनलाई चुनौती दिदै बालविवाह भइरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: