दल र निर्वाचन आयोगलाई मनोनयन प्रक्रिया सच्याउन आग्रह


प्रकाशित मिति :2017-10-25 10:24:11

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उमेद्वार मनोनयन प्रक्रियामा महिलाको न्यून प्रतिनिधित्व भएको प्रति महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्जालको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले विज्ञप्ति जारी गर्दै नेपालको संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य समावेश गर्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेको अवस्था र संघिय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्नुपर्ने समयमा दलहरूले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा टिकट नदिनु त्रुटिपूर्ण रहेको उल्लेख गरेको छ ।

सञ्जालका केन्द्रीय अध्यक्ष डा रेणु अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– लोकतन्त्रको लागि लामो समय लडेका राजनीतिक दलहरू मार्फत भएको यो कार्यले नेपालको वर्तमान संविधान, लोकतन्त्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्रका साथै नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका अन्तराष्ट्रिय सन्धी महासन्धीको ठाडो उल्लंघन भएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रत्यक्ष निर्वाचनमा जान चाहने महिलाहरूको अडान हुँदाहुँदै लोकतन्त्रका पक्षधर शक्तिहरूले नै ‘महिला दोस्रो दर्जाको नागरिक हुन’ भन्ने मान्यता स्थापित गर्ने गरि भएको यस घटनाको घोर भत्सर्ना गरिएको छ ।

विज्ञप्तिमा सबै राजनीतिक दल र निर्वाचन आयोगलाई मनोनयन प्रक्रिया सच्याउन महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले अनुरोध समेत गरेको छ ।
राजनीतिक दलहरूले उक्त गैर संवैधानिक निर्णयलाई निरन्तरता दिएको खण्डमा देशभरका महिलाहरू सडकमा आउन बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: