छोरा बचाइदिन आमाको आग्रह


प्रकाशित मिति :2017-10-25 11:13:35

-सर्मिला बुढाथोकी-

दोलखा । विगु गाउँपालिका वडा नम्बर– ६ कि सुकमाया थामी छोराको उपचार खर्च जुटाउन यतिबेला दिनहुँ सदरमुकाम चरिकोटमा चन्दा संकलन गदै आएकी छन् ।

सुकमायाका छोरा ३१ वर्षिय सुकवीर २ हप्तादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचारत रहेका छन् । अस्पतालले सुकवीरको घाँटीको शल्यक्रिया गर्न ३ लाख जति रकम लाग्ने बताएपछि आफु चन्दा संकलनको लागि सदरमुकाम चरिकोट आएको सुकमायाले बताइन् ।

‘छोराको अहिले क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । तर मसंग उपचार गर्न पैसा छैन । त्यसैले चन्दा संकलन गरेर छोराको औषधी उपचार गर्न सक्छु की भनेर चन्दा संकलन गरेकी हुँ’ सुकमायाले महिला खबरसँग भनिन् ।

५ बर्ष अघि आँखामा समस्या हुँदा एउटा आँखा समेत गुमाएका सुकवीरलाई क्यान्सर भएपछि उनको औषीपोचारको भार आफ्नै थाप्लोमा परेको सुकमायाले बताइन् । छोराको उपचारका लागि ६ लाखको जग्गा समेत बेचेको भन्दै उनले भनिन्,‘जग्गा पनि बेचे, सात लाख ऋण पनि लाग्यो, छोरा निको भए त ऋण जसरी नि तिर्थे ।’

सुकमायाले छोराको तत्काल शल्यक्रिया गर्न चिकित्सकले भनेपनि उपचार खर्चको अभावले शल्यक्रिया गर्न ढिला भएकोले सहयोगी मनहरुलाई सहयोग गर्न अपिल गरेकी छिन् ।

सहयोग गर्न चाहनेले ज्वाई गणेश थामीको मोबाइल नम्बर ९८४१६३३४१८ मा सम्पर्क गर्न सुकमायाले अनुरोध गरेकी छिन् । शल्यक्रियाको लागि तीन लाख रकम चाहिएकोमा हालसम्म १ लाख २० हजार संकलन गरिएको सुकमायाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: