श्रीमानको नाम बोलाउन नपाउने प्रथालाई भारतीय महिलाहरूले चुनौति दिंदै


प्रकाशित मिति :2017-10-25 13:15:03

भारतीय केटीहरूलाई सानैदेखि आफ्ना श्रीमान वा आफू भन्दा ठूला नातेदारहरूको नाम नलिन सिकाइएको हुन्छ । उनीहरूलाई यो आदर गर्ने चलन हो भनेर सिकाइएको हुन्छ ।

मानव अधिकारवादी समूहहरूका अनुसार खासगरी ग्रामीण भेगका महिलालाई आफ्ना श्रीमानलाई आफ्नो बच्चाको बुवा, उनको व्यवसायिक पदलाई सम्बोधन गरेर अथवा “सुन्नुहोस् न !” भनेर बोलाउन लगाइन्छ ।

तर च्यारीटी भिडियो भोलन्टरस्ले पितृसत्तासँग लडेर महिला अधिकार प्राप्त गर्न र सामाजिक मान्यतामा परिवर्तन ल्याउन एउटा अभियान चलाएको छ ।

गोवाको एक गैर सरकारी संस्थाका निर्देशक स्टालिन् के. भन्छन्, ‘सुरुमा हेर्दा यो सानो प्रथा जस्तो लाग्थ्यो । “तर यिनै साना कुराहरूको भूमिका शक्तिको खेलमा महत्वपूर्ण हुन्छ । यिनैले गर्दा यौन यौन हिंसा वा महिलामाथि हुने अरु हिंसा निम्त्याउँछ ।’

उक्त संस्थाले भारतका विभिन्न ठाउँमा महिला र पुरुषमा आउने दैनिक समस्याको रिपार्ट गर्न स्थानीय स्वयम्सेवकहरूलाई तालिम दिन्छ । ती स्वयमसेवकहरूले आफ्ना ट्याब्लेटहरूबाट छोटा दृश्यहरू कैद गरे र पछि समूहमा छलफल गरे ।

करिब ७० जना स्वयम्सेवकहरूलाई पितृसत्ता, लिङ्ग विभेदीकरण र महिलामाथि हुने हिंसा जस्ता विषयमा तालिम दिइयो ।

सन् २०१५ मा ३२७, ३९० भन्दा बढि महिलामाथि भएका अपराधका घटनाहरू दर्ता भएका थिए। यो तथ्यांकलाई हेर्दा सन् २०१० देखिका यस्ता घटनाहरूको दर्ता ५० प्रतिशतले वृद्धि भएको छ । परिवारको बेइज्जत हुने डरले धेरै यस्ता घटनाहरू दर्ता हुन पाउँदैनन् । ती स्वयम्सेवकहरूका अनुसार महिलाले पुरुषको तुलनामा कम स्वतन्त्रता पाएको, एकल महिलालाई विवेद गरिएको, धुम्टो प्रथा चलाएको र पुरुषले गर्ने काम गर्दा पक्षपातको सामना गर्नुपर्ने कुरा बताएका थिए ।

‘छलफलमा महिलाहरूले आफ्ना श्रीमानको नाम उच्चारण गर्न अभ्यास गरे,’ स्टालिन् भन्छन् ।

ती महिलालाई आफ्ना श्रीमानसँग यो अभ्यासको बारेमा कुरा गर्न लगाइयो । धेरै पुरुषले आफ्ना श्रीमतीलाई नाम उच्चारण गर्न दिएनन् । एक महिलालाई आफ्नो नातेदारको नाम उच्चारण गरेकोले गाउँमा अपहेलित हुनुपर्यो । तर केही महिलालाई भने अनुमति दिइयो– श्रीमान र श्रीमतीको व्यक्तिगत कुराकानी गर्दा मात्र ।

‘जे भएपनि यसले यो एक कदम अगाडि गएको छ,’ स्टालिन् भन्छन्, ‘हाम्रो अनुभवमा यो अभियानबाट महिलाले नजानिंदो किसिमले पितृसत्तालाई स्विकार गरिरहेका छैनन् । उनीहरू सजक छन् र ठूलो परिणाम ल्याउन मौका कुर्दै छन् ।’

साभारः–दि इन्डिपेन्डेन्ट÷थम्सन् रोयटर्स फाउण्डेशन

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: