म्यादीमा महिला मोह


प्रकाशित मिति :2017-10-25 16:42:19

-सर्मिला बुढाथोकी-

दोलखा।दोलखा जिल्लामा म्यादी प्रहरीको लागि महिलाहरूको आकर्षण बढेको छ । सामान्य लेखपढ गर्ने गृहिणी महिलादेखि स्नातक अध्यन गरेका युवतीहरूसम्म म्यादी प्रहरीमा भर्ना हुन आएको प्रहरी निरीक्षक अनु लामाले बताईन ।

म्यादीको लागि दौडमा सहभागि महिलाहरू

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि दोलखा जिल्लामा ७ सय ५५ जना म्यादी प्रहरी आवश्यक पर्नेमा ७ सय ८६ जना सहभागि रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सहभागि ७ सय ८६ जनामा ३ सय ११ जना महिला तथा ४ सय ७५ जना पुरुष रहेको प्रहरी निरीक्षक अनु लामाले बताईन ।

विशेष गरी ग्रामीण क्षेत्रमा रोजगारीको अवसर पनि नहुने र व्यवसाय सञ्चालनको समेत अवसर नहुने भएकोले युवा युवतीहरू छोटो अवधिको रोजगारीमा समेत आकर्षित हुने गरेको सरोकारवालाहरू बताउछन् ।

५५ दिन कार्य अवधि रहेको म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह मासिक १७ हजार तलब पाउने छन् । अन्य सुविधा समेत गरी म्यादी प्रहरीले ५५ दिनको कार्य अवधिमा ५५÷५६ हजार पाउने प्रहरी निरीक्षक लामाले बताइन् ।

म्यादी प्रहरीमा भर्ना हुन आएका ३ सय ११ जना महिलामा ३÷४ जना स्नातक पास गरेका रहेको, केहि एसएलसि र प्रमाणपत्र तह पास गरेका रहेको र केहि भने सामान्य लेखपढ गरेको बालबच्चा समेत भएको महिलाहरू रहेको प्रहरी निरीक्षक लामाले जानकार दिईन ।

म्यादी प्रहरीको लागि १५ दिन तालिम सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: