श्रीमानले आँखा देख्न छोडेपछि……..


प्रकाशित मिति :2017-10-25 16:43:27

–महिला खबर–

काठमाडौं । श्रीमानले ३३ वर्षकै उमेरमा आँखा देख्न छाडेपछि काभ्रेको धुलीखेल नगरपालिका ३ की २८ वर्षीया सोविता वि.क अहिले बिचल्लीमा परेकी छिन् ।

सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका ७ ठुलोपाखा स्थायी घर भई हाल काभ्रेको धुलीखेलमा डेरा गरेर बस्दै आएकी सोविताका श्रीमान दुवै आँखा देख्दैनन् । श्रीमान नीरबहादुरले आँखा देख्न छाडेको पाँच महिना भइसक्यो ।

काठमाडौंको स्वयम्भूमा आफन्तको ग्रील पसलमा काम गदै आएका नीरबहादुरको गत असारमा मेसिनले हात काट्यो । उनलाई एक्कासी ज्वरो आयो । ज्वरो आएको भोलीपल्ट दुवै आँखा देखेनन् । उपचारका लागि अस्पताल पुर्याए तर नीरबहादुरले आँखा देख्न सकेनन् । अस्पताल लगेपनि आँखा नदेखेपछि उनलाई आफन्तले धुलीखेल श्रीमती कहाँ पुर्याइदिएका थिए ।

श्रीमानको अवस्था देखेपछि आफू छाँगाबाट झरेजस्तो भएको बताइन् । उनले भनिन् ‘श्रीमानको मेसिनले हात काटेको ३ दिन भएको रहेछ । राति बेस्सरी ज्वरो आएछ, त्यसको भोलीपल्ट दुवै आँखा देख्न छाड्नु भएछ । आफन्तको पसल भएकाले अस्पताल पनि पुर्याएछन् । मलाई त पछि मात्र थाहा दिए ।’

श्रीमानको यो अवस्था देखेपछि सविताले पुनः श्रीमानलाई उपचारका लागि काठमाडौंको गंगालाल हस्पिटल, तिलगंगा अस्पतालमा पुर्याइन् । अस्पतालमा झण्डै एक महिना राखेर उपचार गरिन् तर नीरबहादुरले आँखा देखेनन् । श्रीमानको उपचारका लागि एकलाख भन्दा बढि खर्च भएको उनले बताइन् ।

उनले भनिन् –‘अस्पतालले अझै दुई महिना भर्ना गरेर उपचार गर्नुपर्छ भनेको थियो । तर मसँग उपचार गर्ने पैसा थिएन । पछि घरमै लगे ।’ घरमा कमाउने मान्छे नै आँखा नदेख्ने भएपछि सविता अहिले दुई छोरी र श्रीमान कसरी पालौँ भन्ने चिन्तामा छिन् । सविताले १७ वर्षको उमेरमा सिन्धुपोल्चोकका नीरबहादुरसँग प्रेम विवाह गरेकी थिइन् ।

सोविताका अहिले दुई वटा छोरी छन् । ठुलो छोरी समिक्षा ८ वर्षकी भइन् । कान्छि २ वर्षकी छिन् । श्रीमानको यो अवस्था भएसगैँ बोर्डिङ स्कुलमा ३ कक्षामा पढ्दै आएकी छोरीको पढाइ समेत छुटाएकी छिन् ।

आर्थिक अवस्था कमजोर भएकी सविताले आर्थिक अभावकै कारण श्रीमानलाई अझै दुई महिना अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्छ भनेपनि उपचार गर्न नसकेको बताइन् ।

उनले भनिन्–‘एउटै सुइको मूल्य २५ सय भन्दा बढि पथ्र्यो । मैले कसरी किनौँ । त्यसैले अस्पतालले थप दुई महिना राख्नुपर्छ भनेको थियो तर राख्न सकिन् । घरमा कमाउने श्रीमान नै आँखा नदेख्ने भएपछि सविता कामको खोजीमा छन् ।

उनले भनिन् ‘श्रीमान आँखा देख्नुहुन्न । दुई छोरी छन् । कसरी पाल्ने । आफूसँग रोजगारी छैन् । कसैले काम दिए छोरीहरू र श्रीमान पाल्ने थिए ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: