-महिला खबर-
काठमाडौ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा महिलाको उम्मेदवारी कम भएको भन्दै आलोचना भइरहेको बेला उम्मेदवारी झन् घटेको छ ।
प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ३ सय २० जनामा १८ र प्रदेशसभातर्फका ४ सय ८२ उम्मेदवारीमा २४ महिलाले उम्मेदवारी दिएका थिए ।
बुधबार मनाङबाट एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङ्गे)लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् ।
खाण्डाले मनाङ प्रदेश ख बाट उम्मेदवारी दिएकी थिइन् । मनाङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले लामाले उम्मेदवारी फिर्ता लिएको बताए । लामाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर बुधबार दिँउसो पौने एक बजे उम्मेदवारी फिर्ताको निवेदन दिएकी थिइन् ।
Comment Here!