राष्ट्रपतिले दिइन् सेना परिचालनको स्वीकृति


प्रकाशित मिति :2017-10-26 10:23:17

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी छिन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा प्रयोजनका लागि सेना परिचालनको स्वीकृति दिइएको हो ।

मन्त्रिपरिषद्ले कार्तिक ६ गते सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिबाट स्वीकृति भएपछि सेनाले अब कार्यक्षेत्रमा जनशक्ति खटाउनेछ ।

राष्ट्रिय सुरक्षा परिषद्को १ कात्तिकको बैठकले सेना परिचालनका लागि सरकारलाई सिफारिस गरेको थियो । राष्ट्रपतिको स्वीकृतिपछि सेनाले हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मस्तरको सैन्यशक्ति खटाउने तयारी गरेको छ । सम्बन्धित प्रदेशमा रहेको पृतना र त्यसअन्तर्गत बाहिनीमा हेलिकोप्टर र मद्दती फौज पनि तयारी हालतमा राख्ने सेनाको तयारी छ ।

स्थानीय निर्वाचन र ०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा पनि सरकारले सेना परिचालन गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: