फिटनेशमा महिलाको आकर्षण


स्वस्थ्य रहन फिटनेश

प्रकाशित मिति :2017-10-26 11:11:15

–सन्दिप वि.क–

काठमाडौं । काठमाडौं क्षेत्रपाटीकी ३५ वर्षीयत स्मृति श्रेष्ठ फिटनेश सेन्टर धाउन थालेको झण्डै ६ महिना भयोे । पाँच वर्षअघि बच्चा जन्माएपछि उनी अफिस छाडेर घरमै बस्न थालिन् । घरमै बस्न थालेपछि स्मृतिलाई आफ्नो शरीर केही मोटाएको, भद्दा भएको जस्तो अनुभव हुन थाल्यो । अहिले उनी व्यायामका लागि विहान ९ बजे काठमाडौंको लाजिम्पाटमा रहेको नेक्स स्टेप फिटनेश एण्ड टे«निङ सेन्टर पुग्छिन् ।

स्लीम हुनका लागि मात्र नभई फिट हुन, स्ट्रङ हुन व्यायाम आवश्यक रहेको उनको भनाई छ । उनले भनिन् ‘नियमति व्यायामले महिलालाई माइन्डमा समेत फोकस गर्छ । ’

महिलाहरुलाई बालबच्चा हुर्काउनुपर्ने, घर धन्दा गर्नुपर्ने भएका कारणले पनि स्ट्रङ हुन नियमित रुपमा शारीरिक व्यायामको आवश्यक पर्ने उनको भनाई छ ।

बच्चा जन्माएपछि महिलाहरुको शरीरमा एकाएक परिवर्तन आउँछ । जसले गर्दा महिलालाई अनेर्को समस्या हुने, रोगि हुने, मोटाउने सम्भावना हुन्छ । त्यसले गर्दा पनि फिटनेश आवश्यक रहेका उनको बुझाई छ ।

स्मृति जस्तै शहरी क्षेत्रमा स्वस्थ जीवन जीउन चाहने महिलाहरु नियमित व्यायामका लागि फिटनेश सेन्टर धाउने क्रम बढ्दो छ ।

काठमाडौं बालुवाटारकी ३८ वर्षीय पूजा पौडेल पहिले घरमै दैनिक १ घण्टा व्यायाम गर्थिन् । दुई सन्तानकी आमा पूजा घरायसी बोझकै कारण त्यसलाई निरन्तरता दिन नसकेपछि फिटनेश सेन्टर जान थालेकी हुन् । उनी फिटनेश सेन्टर जान थालेको दुई महिना भयो । स्वस्थ रहनकै लागि दैनिक व्यायाम गर्न फिटनेश सेन्टर धाउन थालेको उनले बताइन् ।

आफूलाई कोलस्टोर बढी छ भन्ने थाहा पाएपछि उनले फिटनेश सेन्टर जान थालेको बताइन् । दैनिक रुपमा व्यायाम गर्न थालेपछि कोलस्टोर समेत घट्दै गएको र आफू स्वास्थ्य भएको महसुस गरेको उनले बताइन् ।’

काठमाडौं नयाँ बजारकी मिना मानन्धर फिटनेश सेन्टर जान थालेको ३ वर्ष भयो । ३२ वर्षीय मानन्धर फिटनेश सेन्टर आउनुभन्दा अघि घरमै व्यायाम गर्थिन् । तर विवाहपछि भने उनी फिटनेश सेन्टर धाउँन थालेकी हुन् । महिलालाई स्वस्थ रहनका लागि जहिले पनि फिटनेश हुनुपर्ने उनको भनाई छ । फिटनेश सेन्टरमा उनी योगा, एरोबिग्स, मोडर्न जीम, क्लीजिङ लगायतका व्यायाम गर्छिन् ।

काठमाडौ लगायतका शहरी क्षेत्रमा महिलाका लागि भन्दै धेरै फिटनेश सेन्टरहरु खुल्ने क्रम बढ्दो छ । जहाँ दैनिक एक सयदेखि १ सय ५० को हाराहारिमा महिलाहरु जाने गर्छन् ।

काठमाडौं सानेपामा रहेको कोरेस फिटनेश स्टुडियो नेपालकी सञ्चालक टिना गुरुङले डाक्टरको सल्लापछि महिलाहरु शारीरिक व्यायामका लागि फिटनेश सेन्टर आउने गरेको बताइन् ।

उनले भनिन्, ‘शहरी क्षेत्रका महिलाहरु तौल घटाउनका लागि भन्दै आउँछन् । अहिले महिलाहरु हिँड्न मान्दैनन् । खानामा पनि जंकफूड खाने गर्छन् । जसले मोटाउने, कोलस्टोर, प्रेसरको समस्या देखिने गरेका छन् । दैनिक रुपमा गरिने व्यायामले पाचन शक्ति बढाउन, स्वस्थ रहन सहयोग गर्ने उनको भनाई छ ।

डा. अरुणा उपे्रती आधुनिकताका सिम्बोलको रुपमा फिटनेश सेन्टरहरु खुल्ने गरेको भन्दै घरमै बसेर पनि शारीरिक व्यायामहरु गर्न सकिने बताउछिन् । शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि हरेक मान्छेलाई व्यायाम आवश्यक हुने उनी बताउछिन् । समाजमा चेतनाकै कमिका कारणले पनि धेरै महिलाहरु भान्सामै सिमित हुने गरेको भन्दै दैनिक व्यायाम गर्न उप्रेतीले आग्रह गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: