को होला हजुरआमाको सहारा ?


प्रकाशित मिति :2017-10-26 11:19:04

सर्मिला बुढाथोकी\महिला खबर

दोलखा । साँझ पर्दै गर्दा सदरमुकाम चरिकोटको एउटा घरको चिसो कुनामा ओछ्यानको जोहो गर्दै थिईन्, दोलखा गैरीमुदीकी साइली तामाङ ।

हिमाली काखमा रहेको चरिकोटको चिसो सिरेटो छल्न फ्याँकिएको गद्यामा रात कटाउने तरखरमा रहेकी साइलीले यसैगरी एउटै ठाउँमा रात काट्न थालेको ४ महिना बितिसकेकोे छ । आफ्नो उमेर कति भयो भनेर बताउन समेत नसक्ने उनी त्यस्तै ६५-७० बर्षको जस्तै देखिन्छिन् । आमाको उमेर कति भयो ? भन्ने प्रश्नमा उनले भनिन् ‘म भेडा बर्षमा जन्मेको हुँ, साल त थाहा छैन नानी ।’

छोराबुहारी र नातिनातिनाको सम्मान र सहारा पाउनु पर्ने उमेरमा हात मुख जोर्न चरिकोटमा अरुको घरमा घास काट्ने र बारीको काम गर्दै आएकी छन् उनी । खाने गाँस त छैन बस्ने बास समेत नभएकोले रेडियो शैलुङ रहेको घरको बाहिरी एक कुनामा रात कटाउछिन् । अझ विडम्बना त के भने डाँडापारिको जुन भइसकेकी साइलीले पेट पाल्न मजदुरी गरेको पैसा समेत पाएकी छैनन् । पैसा नभएकै कारण तातो कोठामा बस्न नसकेको र पेटभरि खान समेत मुस्किल भएको उनले बताइन् ।

दुई छाक टार्नकै लागि छिमेकीको घाँस काट्ने, कोदो टिप्ने लगायतका काम गर्छिन् तर त्यस बाफत पैसानै नपाउने साइलीको गुनासो छ । काम गरे बापत कस्ले कति दिन बाँकी छ भन्ने स्पष्ट हिसाब समेत थाहा छैन उनलाई । त्यसैले साइलीलाई धेरैले सित्तैमा काम गराउँछन् तर पैसा दिदैनन् ।

राज्यले जेष्ठ नागरिकलाई सेवा सुविधा दिन्छ भन्ने बारेमा पनि जानकारी रहेनछ । आफुसँग नागरिकता पनि नभएको र नागरिकता बनाए की बनाइन भन्ने सम्झना समेत नरहेको उनले बताइन । साइलीले महिला खबरसँग भनिन्, ‘नागरिकता सम्बन्धमा कुनै याद छैन । सरकारी भत्ता भनेको के हो त्यो पनि थाहा छैन । सक्नुहुन्छ भने भत्ता आउने बाटो बनाइदिनुस् नानी ।’

आफ्नो छोरीहरु भए पनि उनीहरु आ–आफ्नो घर गई सकेकोले आफू एक्लै भएको उनले बताईन । घर छ की छैन, घरमा को–को छन् भन्ने बारे उनी बताउन चाहदिनन् । घर फर्कने अवस्था नभएको भन्दै साइली, कसैले राम्रो ठाउँमा बासको व्यवस्था गरिदिए बुढेसकालमा सजिलो हुने बताउछिन् । ‘बुढेसकालमा मजदुरी गरेर गुजारा गर्न पनि सक्दिन, घर फर्कने अवस्था पनि छैन’ उनले निरास हुँदै भनिन्, ‘मलाई आफन्तको भन्दा पनि सहाराको खाँचो छ । कसैले बुढेसकालमा बस्ने व्यवस्था मात्रै गरिदिए पनि ठुलो धर्म लाग्ने थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: