बोक्सी आरोपमा तातो खुकुरीले डाम्ने पक्राउ


प्रकाशित मिति :2017-10-26 11:57:53

बोक्सी आरोपमा तातो खुकुरीले डामिएको महिलाको शरीर ।

-रुजु खतिवडा-

पाँचथर । बोक्सीको आरोप लगाई एक महिलालाई तातो खुकुरीले डाम्ने पाँचथरको तुम्बेवा गाउँपालिका–३, आङ्नाकी २६ वर्षीया दीपा भनिने दीव्यानी माङ्लाकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

माङलाकले स्थानीय ४५ वर्षीया एक महिलालाई शरीरमा बोक्सीको पिसात(अंश) रहेछ भन्दै झारफुक गर्ने बहानामा तातो खुकुरीले डाम्नुका साथै कुटपीट गरेको प्रहरीले जनाएको छ ।

पीडितले आफू अन्यायमा परेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछि पीडकलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायवउपरिक्षक वामदेव गौतमले बताए ।

घटनाका पिडकलाई पाँचथर जिल्ला अदालतबाट म्याद थपगरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: