–महिला खबर–
काठमाडौं । पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी दिएकामध्ये पाँच जना महिलाले उम्मेदवारी फिर्ता लिएका छन् ।
कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि ८ सय ३ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
आयोगको सूचना प्रविधि महाशाखाका उपसचिव श्रीचन्द्र शाहका अनुसार प्रदेशसभातर्फ ४ सय ८१ र प्रतिनिधिसभातर्फ ३ सय २२ उम्मेदवारमध्ये प्रदेशसभाका तीन र प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका दुई महिलाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आयोगका अनुसार कार्तिक ५ गते प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ २३ गरी जम्मा ४१ जना महिलाको उम्मेदवारी परेको थियो । पाँच महिलाले उम्मेदवारी फिर्ता लिएपछि महिला उम्मेदवारको संख्या घटेर ३६ पुगेको छ ।
मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख ठुला दलहरूबाट नै न्यून संख्यामा महिला उम्मेदवार उठाएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको बेला हिजोको उम्मेदवारी फिर्तापछि महिला नेताहरू झन् निरास भएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा प्रदेशसभाका लागि मनाङ् (ख) बाट वाम गठबन्धनबाट उम्मेदवारी दिएकी खण्डा लामा, रामेछापबाट स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ लगायत महिलाहरू रहेका छन् ।
यस्ता छन् प्रतिनिधि र प्रदेशसभाका महिला उम्मेदवार (नामावलीसहित)
प्रतिनिधिसभा
१)पाँचथर क्षेत्र नम्बर १ःशान्ती माया लिम्बु (शिगु) –एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
२)खोटाङ्ग क्षेत्र नम्बर १ः सरस्वती वजिमय–नेपाली काँग्रेस
३)ओखलढुंगा क्षेत्र नम्बर १ः कुन्ता देवी खत्री –राष्ट्रिय जनमोर्चा
४)रामेछाप क्षेत्र नम्बर १ः रिता माया कार्की –राष्ट्रिय जनता पार्टी नेपाल
५)रसुवा क्षेत्र नम्बर १ः शर्मिला थापा क्षेत्री –स्वतन्त्र
६)रसुवा क्षेत्र नम्बर १ः सिदर याङजेन लामा –स्वतन्त्र
७)धादिङ्ग क्षेत्र नम्बर २ः राम माया परियार –नेपाली जनता दल
८)धादिङ्ग क्षेत्र नम्बर २ः चन्द्रिका देवी लिम्बु –संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
९)नुवाकोट क्षेत्र नम्बर १ः एलिसा थापा–स्वतन्त्र
१०)नुवाकोट क्षेत्र नम्बर २ः लक्ष्मी मुडभरी चौलागाई –देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
११)सिन्धुपाल्चोक क्षेत्र नम्बर १ःसाङ डोल्मा तामाङ लामा –संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
१२)बागलुङ क्षेत्र नम्बर १ः चम्पा देवी खड्का –नेपाली काँग्रेस
१३)रुकुम पूर्व क्षेत्र नम्बर १ः कमला रोका –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१४)रोल्पा क्षेत्र नम्बर १ः पुजा परियार –राष्ट्रिय जनमुक्ति पार्टी
१५)हुम्ला क्षेत्र नम्बर १ः देबकी शाही –एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
१६)बझाङ्ग क्षेत्र नम्बर १ः कल्पना भण्डारी–राष्ट्रिय जनमोर्चा
प्रदेशसभा
१)ताप्लेजुंग क्षेत्र नम्बर २ः लिलादेवि वोखिम –काँग्रेस
२)संखुवासभा क्षेत्र नम्बर १ः सपना सामेखाम –एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
३)संखुवासभा क्षेत्र नम्बर १ः राज कुमारी गुरुङ्ग–राष्ट्रिय जनता पार्टी नेपाल
४)सोलुखुम्बु क्षेत्र नम्बर १ः चोला माया वस्नेत –संघीय समाजवादी फोरम, नेपाल
५)सोलुखुम्बु क्षेत्र नम्बर २ः प्रेम कुमारी राई(बस्नेत)–राष्ट्रिय जनता पार्टी नेपाल
६)ओखलढुंगा क्षेत्र नम्बर १ः सन्ज माया राई– राष्ट्रिय जनमोर्चा
७)दोलखा क्षेत्र नम्बर १ः वृहस्पति गोले –स्वतन्त्र
८)रसुवा क्षेत्र नम्बर २ः राधिका पौडेल–नेपाल मजदुर किसान पार्टी
९)नुवाकोट क्षेत्र नम्बर १ः राधिका तामाङ–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१०)नुवाकोट क्षेत्र नम्बर १ः सुनीता थोकर –स्वतन्त्र
११)नुवाकोट क्षेत्र नम्बर ४ः रिता ओझा –स्वतन्त्र
१२)सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ः एलिना तामाङ –संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
१३)गोरखा क्षेत्र नम्बर १ः गोमा देवी कार्की–संघीय समाजवादी फोरम, नेपाल
१४)गोरखा क्षेत्र नम्बर १ः तारा परियार –राष्ट्रिय जनमुक्ति पार्टी
१५)गोरखा क्षेत्र नम्बर ३ः रसा कुमाल– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
१६)गोरखा क्षेत्र नम्बर ३ः कमला नहर्की –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१७)म्याग्दी क्षेत्र नम्बर २ः नरदेवी पुन मगर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१८)मुगु क्षेत्र नम्बर १ः हिरमति बि.क.–नयाँ शक्ति पार्टी, नेपाल
१९)बझाङ्ग क्षेत्र नम्बर १ः चन्द्रा देवी जोशी–नेपाली काँग्रेस
२०)बझाङ्ग क्षेत्र नम्बर २ः देवकी मल्ल (थापा) –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Comment Here!