अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ मनाइँदै, समर्थनसँगै आलोचना पनि


प्रकाशित मिति :2017-10-26 15:16:26

लिला भट्टराई\महिला खबर

सुनसरी । आज छठ पर्वको मुख्य दिन । साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरेर अर्घ दिइँदैछ ।

काठमाडौंको कमलपोखरी लगायत देशका विभिन्न स्थानहरुमा मेला लाग्ने गर्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यवेदको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट सुरु भएको हो ।

तराईका महिलाले विशेष निष्ठा र भक्तिपूर्वक मनाइने छठ पर्वको आफ्नै पौराणिक महत्व छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको मानिन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

तिहार लगत्तै सुरु भएको छठ पर्वको रौनक छाएको छ । तराई क्षेत्रका जलासयका किनारहरुको सरसफाई गरि सिँगारिएका छन् ।

छठ पर्वको मुख्य दिन आज साँझ जलासयको किनारमा गएर सूर्यदेवको पूजा गरिने भएपनि केहि दिन अघि देखिनै जलासय किनारहरु सिँगारिएका थिए । तराई क्षेत्रमा छठ पर्वलाई विशेष भक्ति र उल्लासमय ढँगले मनाइन्छ । छठ पर्वमा महिलाले पानी पनि नखाई कठोर व्रत वस्ने गर्छन् । विवाहित महिलाले छोराछोरी, पति र परिवारका सदस्यहरुको कल्याण तथा दिर्घायु र अविवाहिताले सुयोग्य वरको कामना गरेर यो पर्व मनाउने गर्छन । सूर्यको पूजा गरेपछि सन्तान प्राप्ती हुन्छ भन्ने विश्वास रहँदै आएको पाइन्छ ।

यसरी मनाइन्छ छठ पर्व

पहिलो दिनः अरवाअरवाइन वा नहाखायः व्रतालुले खोला,नहर,पैनी लगायतका जलासयमा नुहाईधुवाई चोखोनितो भएर चोखो खाना खाने गर्छन । व्रतालुले आजै देखि माछामासु, लसुन प्याज खादैनन ।

दोश्रो दिन खरनाः विहानै नुवाइ धुवाई गरेर पानी पनि नखाई व्रत वस्ने गरिन्छ । साँझ कुलदेवताको पूजा । गाँइको गोवरले आँगनमा लिपपोत गरि चामलको पीठोको घोलवाट कलात्मक चित्र अरिपन वनाई त्यसमा केराको पात राखि केराको पातमा प्रसाद राखिन्छ । चन्द्रोदयपछि चन्द्रमाको पूजा गरि खीर चढाउने गरिन्छ त्यहि प्रसाद ग्रहण गरेपछि खरना समापन हुन्छ ।

तेश्रो दिनः यो दिन छैठ पर्वको सवैभन्दा महत्वपूर्ण दिन हो । जलासयको किनारलाई रँगीचँगी र झकिझकाउ वनाएर सजाइएको हुन्छ । जलासय किनारमा कम्मर सम्मको पानीमा डुवेर अस्ताउदो सूर्यलाई अर्घ दिएर छठिमैयाको पूजा गरिन्छ । यो दिन व्रतालुले वाँसको चोयावाट वनेको डालो,नाडलो लगायतमा ठेकुवा, केरा, फलफूल, मिठाइ, रोठी सहितका पूजा समाग्री सजाएर छठी मातालाई चढाउने गरिन्छ । साँझ सूर्यलाई अघ्र्र्य दिएर रातभर व्रतालुहरु नदि किनारामा जाग्राम वस्ने गर्छन् ।

चौथो दिनः चौथो दिन विहान उदाउदो सूर्यलाई अर्घ दिएर पूजा गरेपछि छठ पर्व समापन हुन्छ ।

समर्थनसँगै आलोचना पनि

केही बर्ष अघिसम्म मधेशीमुलका हिन्दुहरुले मात्र छैठ पर्व मनाउने गर्थे । तर केही वर्ष यता पहाडे समुदाय र मुस्लिमहरुले समेत मनाउन थालेका छन । छठ पर्व सवै समूदायलाई जोड्ने एकताको पर्व बन्दै गएको छ । यद्यपि छठमा पछिल्लो समयमा पुरुषहरुले पनि स्वच्छाले व्रत लिने गरेका भएपनि महिलाहरुले भने अनिवार्य रुपमा छठको व्रत बस्नै पर्छ । संस्कार र परम्परा धान्न महिलाले मात्रै गर्नुपर्ने तीज, छठ जस्ता चाड पर्वहरुको अधिकारकर्मीहरुले आलोचा समेत गर्दै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: