चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा एक जना मात्रै महिला 


प्रकाशित मिति :2017-10-26 15:43:45

-महिला खबर-
काठमाडौं । बुधबार सकिएको १९ औँ चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनले नियुक्त गरेको २५ सदस्य पोलिटब्युरो समितिमा एक जना महिला मात्र परेकी छन् ।
पाँच वर्षसम्म चीनको नेतृत्व गर्ने स्थायी समितिका ७ जना सदस्य सबै पुरुष छन् भने पोलिटब्युरोका २५ जना सदस्यमा ६७ वर्षीया सुन चुनलान मात्र एक्ली महिला हुन् ।
पोलिटब्युरोमा निर्वाचित सुन चीनको सबैभन्दा शक्तिशाली महिला बनेको बताइएकोे छ ।
सन् १९५० मा चीनको हेबेई प्रान्तमा जन्मिएकी सुन चुनलान कम्युनिष्ट पार्टीको युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टकी प्रमुख छिन् । सन् २००९ देखि २०१४ सम्म उनले फुजियान प्रान्तको पार्टी सचिव र तियानजिन महानगरको पार्टी सचिवको रुपमा काम गरेकी थिइन् ।
प्रान्त प्रमुखको पदमा रहँदा उनी १९४९ यता पार्टीको प्रान्तीय प्रमुख बन्ने दोस्रो महिला बनेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: