भूत प्रेत हटाउने नाममा प्रहरीकै अगाडि भान्जीको हत्या, प्रहरी बिरुद्ध नाराबाजी


प्रकाशित मिति :2017-10-26 15:49:18

लिलाराज भट्टराई\महिला खबर

सुनसरी । प्रहरीकै अगाडी आफ्नै मामाद्वारा एक जना बालिकाको हत्या भएपछि मोरङ्को केराबारी तनावग्रस्त वनेको छ ।

घटनाको बिरोधमा केराबारी ६ र ७ का स्थानीयले इलाका प्रहरी कार्यालय केराबारी घेराउ गरेका छन् । बालिकाका आफन्तले प्रहरीकै आँखा अगाडि घटना भएको तर पनि प्रहरीले घटना हुनबाट नरोकेको भन्दै प्रहरी बिरुद्ध नाराबाजी गरेका हुन् ।

बालिका हत्याको बिरोधमा प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीय ।

केराबारी ७ मा हिजो दिउसो पाँचथर घर भएका ३४ बर्षीय भक्तसेर लिम्बुले स्थानीय इन्द्र लिम्बुकी ११ बर्षीया छोरी संचिता लिम्बुलाई टाउकोमा खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाईते बालिकाको उपचारको क्रममा बिराटनगरमा ज्यान गएपछि बालिकाका आफन्त आक्रोशित बनेका हुन् ।

स्थानीय पत्रकार किशन शाहीका अनुसार भूतप्रेत लागेको भन्दै लिम्वूले भान्जीलाई नियन्त्रणमा लिएर दुईतले काठको घरको माथिल्लो तलाको कोठामा राखेका थिए । भर्याङ्वाट माथि जाने ठाउँको घोप्टे लगाएर कोठाको ढोकामा कोही आए मारिदिने भन्दै सिरुपाते खुकुरी बेकेर मामा बसेका थिए ।

यसअघि पनि पटक–पटक उनले त्यसो गर्ने गरेको र केहिबेरमा बालिकालाई पून छोड्दै आएको परिवारजनले बताएको प्रहरीले जनाएको छ ।

हिजो भने लामो समयसम्म नछोडेपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए । सयौंको संख्यामा स्थानीयवासी भेला भई भान्जीलाई छाडिदिन बालिकाकी आमाले अनुरोध गरिरहेकी थिइन् । तर, मामाले सयौं स्थानीय र प्रहरी आँगनमा रहेको बेला माथिल्लो तलामा दुई बजे भाञ्जीलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गर्ने लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । केही महिनाअ घिदेखिनै ती व्यक्ति बहिनीको घरमा बस्दै आएको बुझिएको छ ।

स्थानीयले खुकुरी प्रहार गर्नु अघिनै प्रहरीले मामालाई नियन्त्रणमा नलिएको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनीहरुले घटनाको छानविनको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: