निर्वाचनमा महिलाको समान उपस्थिति गर्न माग


प्रकाशित मिति :2017-10-26 16:59:25

-महिला खबर-

काठमाडौं । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा दलहरूले महिला सहभागिता कम गरेको भन्दै साझा अभियानले दलहरूको ध्यानकर्षण गरेको छ ।

अभियाले विहीबार एक विज्ञप्ती निकालेर दोस्रो चरणको उम्मेदवारी मनोनयन गर्दा महिलालाई पनि पुरुष सरह प्रत्यक्षमा पहिलो चरणको क्षतिपूर्ति हुने गरी उम्मेदवार बनाइ प्रदेश र प्रतिनिधि सभाकाको निर्वाचनमा महिलाको समान उपस्थिति हुने वातावरण सृजना गर्न माग गरेको हो ।

दलहरूले पहिलो चरणको निर्वाचन अन्तरगत ३२ जिल्लामा प्रत्यक्षतर्फ दुबै तहमा गरी ५ प्रतिशत (प्रतिनिधि सभामा ३७ सिटका लागि ३२० उम्मेदवारी परेकोमा १८ जना र प्रदेशसभामा ७४ सिटको लागि ४८२ उम्मेदवारी परेकोमा २४ जना महिला) महिलाहरूलाई मात्र उम्मेदवारी दिएका छन् ।

विज्ञप्तीमा ३३ प्रतिशत महिलाको संवैधानिक व्यवस्था पुरा गर्न प्रत्यक्षबाट नभई दलहरू महिलालाई समानुपातिक पदमा मात्रै सीमित राख्न खोज्नुले महिलाको नेतृत्व र क्षमतालाई स्वीकार्न नखोजेको प्रष्ट देखिएको उल्लेख गरिएको छ ।

यस्तै उम्मेदवारी छनौट प्रक्रियामा दलहरूले महिलालाई प्रत्यक्षमा उम्मेदवारी दिन आनाकानी गरेको भन्दै महिला सुरक्षा दवाल समुह परिवारले पनि ध्यानकर्षण गराएको छ ।

समूहका अध्यक्ष सावित्री थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिनीधिसभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला सहभागिता सुरक्षितगर्न माग गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: