बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ


प्रकाशित मिति :2017-10-27 10:05:24

महिला खबर

काठमाडौं । एघार वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेकोे छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यका अनुसार बलात्कारको घटना भरतपुर र माडीमा भएको थियो ।

प्रवक्ता शर्माले ११ वर्षीया बालिकालाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा माडी नगरपालिकाका २२ वर्षीय सुरेश भन्ने चिजबहादुर गुरुङलाई पक्राउ गरेको बताए । कात्तिक २ गते बेलुकी बालिकालाई बलात्कार गरी फरार रहेका गुरुङलाई प्रहरीले पाँच गते पक्राउ गरेको थियो ।

त्यस्तै कात्तिक ५ गते बेलुकी छ वर्षीया बालिका लाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिकाका ५२ वर्षीय देविप्रसाद अधिकारीलाई पक्राउ गरेकोे छ । अधिकारी सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।  दुवैजनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: