कर्णालीका आमाको कहर


प्रकाशित मिति :2017-10-27 11:08:04

निमेन्द्र शाही / बाजुरा

‘छोरी, घट्टबाट पिठो पिसेर ल्याएर आऊ, बेलुकाका लागि घरमा कोही छैन । अरू भाइबहिरूनी अन्य काम गर्न जालान् ।’ स्वामिकार्तिक गाउँपालिका–२ मुक्तिकोटको एक दलित घरमा खाना खाइसकेपछि कामको विभाजन हुँदै थियो । ठूलो जहान कबिलाको मुली भएकाले होला, यो क्रम त्यस घरमा सधैं जसो हुने गरेको छ । ‘गाईगोरु कसले चराउन जाने त ? मै जाउँला आज मेरो केही काम छैन,’ घरमुली रन विकले भने ।

उनले आमाबुबाको करकापमा परी १४ वर्षको उमेरमा विहे गरेका थिए । छना विकलाई  दुलाही  का रूपमा घरमा भित्र्याए । उनीबाट पाँच छोरी भएपछि उनले छोरो पाउने आसमा माया विकसँग विवाह गरे । मायाबाट पनि उनको छोरो पाउने आशा पूरा भएन । पहिली श्रीमतिबाट चार छोरी थपिए भने दोस्रीबाट नौ छोरी भए । त्यसपछि भने उनले बच्चा जन्माउन छोडेको बताए ।

११औं सन्तानलाई जन्म दिएकी मुगु धैनकोट गाउँकी ४३ वर्षीया सीतादेवी जैसीको रक्तस्राव नरोकिएकाले उपचारका लागि नेपालगन्ज लगिँदै

 सोही वडाको काम्ती गाउँकी जनपुरा रावलको समेत नौ सन्तान छन् । नौ सन्तानका रूपमा उनले छोरा पाएकी हुन् । ‘नौ जत्काल  बस्नु कम दुःख भएन । यसपालि छोरो होला भन्यो हुँदैन् । अर्को पालि होला भन्यो हुँदैन् ,’ जनपुराले आफ्नो दुःख पोखिन् । समाजको करले उनको परिवारले बच्चाको संख्या थप्नुपरेको हाे । ‘गाउँलेले अपुताली भन्छन्, मरी सकेपछि आफ्नो काजकिरिया गर्ने मान्छे पनि चाहिन्छ। सबैले खिसी गरेकाले छोरो नपाउँदासम्म सुख भएन,’ उनले भनिन् ।

मुगु धैनकोट गाउँकी ४३ वर्षीया सीतादेवी जैसीका ११ सन्तानका रूपमा पनि छोरी जन्मिएकी छिन् । उनलाई स्वास्थ्य संस्थामा प्रसूति नगराएकाले एक महिनादेखि रक्तस्राप रोकिएन । गाउँबाट हुम्ला हुँदै बाजुराको कोल्टी विमानस्थलबाट नेपालगन्ज जान कर्णालीको तिरैतिर हिँडदै गर्दा उनी भेटिइन् ।

उनका श्रीमान् धनप्रसाद जोशीले एक महिनाकी छोरी देखाउँदै भने, ‘जत्काल (सुत्केरी) बसी सकेपछि निको भएको छैन । रगत रोकिएन गाउँका धामी केही बाँकी राखेका छैनौं तर पनि ठीक भएन । झन्झन् मर्न लागी । ऋण निकालेर उपचार गराउन जान लागे ।’ उनले देवीदेउता लगेको हो कि भन्ने विश्वासले झारफुक गरेर थाकेको समेत सुनाए ।बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडी बजारको पुलनजिकै मुगु हरू्यांगलुकी स्वास्थ्य स्वयंसेविका कुण्डला शाहरूीलेभनिन्, ‘छन् त अप्रेसन गर्दैनन्, नभएर कहाँ जाऊन् ।’ केही पढेलेखेकाले अस्थायी साधन प्रयोग गरे पनि नपढेकाहरूरुले प्रयोग नगर्ने उनको भनाइ छ ।

परिवार नियोजन, मातृ शिशु स्याहार, स्वास्थ्य शिक्षा, महिला हिंसाबारे विभिन्न कार्यक्रम भए पनि तिनको प्रभावकारिता भने देखिएको छैन । यूएन एजेन्सी र स्थानीय संस्थाहरूरुले कार्यक्रम सञ्चालन गरिरहेका छन् तर उल्लेखनीय उपलब्धि जनाताले अनुभूति गर्न पाएका छैनन् ।

साभार : राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: