प्रहरीको प्रयासपछि महिला हिंसाका घट्नामा कमी


प्रकाशित मिति :2017-10-27 14:19:04

सर्मिला बुढाथोकी\महिला खबर

दोलखा । दोलखा जिल्लामा गम्भीर प्रकृतिका महिला हिंसा तथा घरेलु हिंसाको घट्नामा कमी आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घरेलु मदिरा नियन्त्रण, प्रहरीको चेतना मूलक अभियान, नियमीत गस्ती जस्ता कारणले विगतको तुलनामा महिला हिंसा तथा घरेलु हिंसाको घट्नामा कमी आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले महिला खबरलाई बताए ।

अघिल्ला बर्षहरुमा चाँड पर्वको बेलामा मदिरा सेवनकै कारण घरेलु हिंसा तथा महिला हिंसाका घट्ना बढी हुने गरेकोमा प्रहरीले घरेलु मदिरालाई पूर्णत निषेध गरेपछि यस बर्षको दशै तथा तिहारमा महिला हिंसाका घट्नामा निक्कै कमी आएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

गत बर्षको दशै तिहारको अवधिमा २० वटा भन्दा बढी घरेलु हिंसाका घट्ना भएकोमा यो बर्षको दशै तिहारको अवधिमा सामान्य प्रकृतिका १२ वटा घरेलु हिंसाका घट्ना दर्ता भएको जिल्ला प्रहरी कार्यालयमा रहेको लैङ्गीक हिंसा नियन्त्रण जिल्ला समन्वय समितिमा कार्यरत प्रहरी निरीक्षक अनु लामाले बताइन् ।

प्रहरी निरीक्षक लामाका अनुसार अघिल्लो दशै तिहारको अवधिमा मादक पर्दाथ सेवन गरी श्रीमानले कुटपिट गरेकै कारण महिलाले विष सेवन गरेको, झुण्डिएर आत्महत्या गरेको जस्ता गम्भीर प्रकृतिका महिला हिंसा तथा घरेलु हिंसाका घट्ना भएकोमा यो बर्ष दुई वटा सम्बन्ध विच्छेद र केहि कुटपिटका घट्ना आएका छन् ।

यो बर्ष दशै तिहारको अवधिमा दर्ता भएका १२ वटा महिला हिंसाका घट्नामा दुई वटा मिलापत्र भएको र बाँकी घट्नाको अनुसन्धान भै रहेकोले आरोपितलाई तारेखमा छोडिएको प्रहरीले जनाएको छ ।

महिला हिंसा तथा घरेलु हिंसाका अधिकांश घट्नाहरु घरेलु मदिरा, जुवा तास जस्ता गैर कानुनी गतिविधिका कारण हुने गरेको र दोलखामा यस्ता गैर कानुनी गतिविधि नियन्त्रणमा प्रहरीले सक्रियता पूर्वक अभियान सञ्चालन गरेकोले क्रमशः घरेलु हिंसाका घट्नामा कमी आएको प्रहरी नायव उपरीक्षक कार्कीको विश्लेषण छ ।

दुई बर्षदेखि एसियाली विकास बैङ्क (एडिवि)को सहयोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले लैङ्गीक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति गठन गरी महिला, बालबालिका, घरेलु हिंसा नियन्त्रणको लागि चेतना मूलक सडक नाटक, ¥याली, महिला समूह गठन, विद्यालयमा चेतना मूलक अभियान सञ्चालन गर्दै आएकोले पनि महिला हिंसाको घट्नामा कमी आएको प्रहरी निरीक्षक अनु लामाको भनाई छ ।

तस्विरः प्रनाउ रामेश्वर कार्की

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: