छठ हेर्न गएका दिदिबहिनी माथि छिमेकीबाटै जबरजस्तीको प्रयास


प्रकाशित मिति :2017-10-27 16:52:08

यमुना खनाल\महिला खबर

सिराहा । छठ पर्बको अबसरमा आयोजना भएको नाचगान हेर्न गएका दुईजना किशोरी दिदिबहिनी माथि छिमेकीबाटै जबरजस्तीको प्रयास भएको छ ।

सिराहाको लाहान नगरपालिका बेली गाउँमा गएराती छठ र त्यहाँ आयोजना भएको नाँचगान कार्यक्रम हेर्न जाँदै गरेका किशोरीलाई बाटोमा भेटिएका छिमेकी सन्तोष माली (भन्डारी) र देब नारायण पूर्बेले जबरजस्तीको प्रयास गरेका थिए ।

कार्यक्रम हेर्न जादैगर्दा बिच बाटोमा भेटिएका उनीहरुले ‘यति राती केटी मान्छे कहाँ जान्छौ, मोटर साईकलमा बस घर पुर्याई दिन्छु’ भन्दै मोटर साईकलमा बसाएका थिए । तर उनीहरुले किशोरीलाई घर तर्फ नभै एक किलो मिटर टाढा रहेको पोखरी नजिक लगेर जबरजस्ती गर्ने प्रयास गरेको किशोरीले बताएका छन् ।

मावलीमा बस्दै आएकी किशोरीले मामा साइनो लगाउने गरेका माली र पुर्बेलाई ‘के गर्नु भएको मामा, किन यस्तो गर्नु भएको ? भन्दा तिमी अहिले मामा, सामा केही पनि नभन, चुप लाग, म जे भन्छु त्यही गर’ भन्दै आफूहरुमाथि जबरजस्तीको प्रयास गरेको किशोरीले बताइन् ।

पोखरी नजिक लगेर जबरजस्ती गर्न खोजेपछि दिदिबहिनी मध्येकी ठूली दिदिले प्रतिकार गरेर घर भाग्न सफल भएकी थिईन् भने बहिनी भागेर धान खेतमा लुक्न सफल भएकी थिईन् ।

उनीहरुले दिदिबहिनी दुबैको साथमा रहेको मोबाईल पनि खोसेका छन् ।

किशोरीले घर आएर परिवारका सदस्यलाई भनेपछि घटना सार्बजनिक भएको हो । घटना भएको जानकारी पाउनासाथ किशोरीका आफन्त र गाउँलेहरु होहल्ला गर्दै घटनास्थलमा पुगेका थिए ।

किशोरी भाग्न सफल भएपछि र गाउँमा होहल्ला भएपछि घटनामा संलग्न सन्तोष माली र देब नारायण पुर्बे फरार रहेका छन् ।

यता इलाका प्रहरी कार्यालय लाहानका डीएसपी नरेशराज सुबेदीले पीडितले घटना बारे तत्कालै जानकारी दिएकाले प्रहरी घटनास्थलमा गएको तर अभियुक्त फरार रहेको बताए ।

बलात्कारको प्रयास गर्ने दुवै जनाको खोजी कार्य भईरहेको र पीडित परिवारसँग छलफल गरेर थप कार्बाही प्रकृया अगाडी बढाउने सुबेदीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: