अस्तित्व खोज्दै महिलाहरू आन्दोलनमा


प्रकाशित मिति :2017-10-29 15:33:03

-महिला खबर-

काठमाडौं । राजनीतिक पार्टीहरूले महिलाहरूको अस्तित्व स्वीकार नगरेको भन्दै आज अधिकारकर्मीहरूले काठमाडौंको माइती घर मण्डलामा धर्ना दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ दलहरूले महिला उम्मेदवार न्यून बनाएको विरोधमा अधिकारकर्मीहरूले धर्ना दिएका हुन् ।

पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुन लागेको निर्वाचनका लागि प्रत्यक्षतर्फ दुबै तहमा गरी ५ प्रतिशत महिलालाई मात्रै उम्मेदवार बनाएको बिरोधमा महिलाहरू सडक आन्दोलनमा उत्रिएको अधिकारकर्मी लीली थापाले बताइन् ।

महिला सुरक्षा दवाव समूहकी संयोजक साबित्री थापाले प्रतिनिधि सभामा ३७ सिटका लागि ३ सय २० जनाको उम्मेदवारी परेकोमा १८ जना र प्रदेशसभामा ७४ सिटको लागि ४ सय ८२ उम्मेदवारी परेकोमा २४ जना महिला मात्रै उम्मेदवार हुनु नेपाली राजनीतिको कालो इतिहास भएको बताइन् ।

लैङ्गिक सहभागिता विना देशमा सन्तुलित विकास हुन नसक्ने भएकोले सो कार्यको विरोध गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक समावेशी सहभागिताको सिद्धान्त अनरुप ३३ प्रतिसत महिलाको सहभागिताको सुनिश्चितता हुनेगरी उम्मेदवार बनाइ प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा महिलाको समान उपस्थिति हुने वातावरण सृजना गर्न महिलाहरूले आन्दोलनमा उत्रिनु परेको पनि थापाले बताइन् ।

उनले निर्वाचनमा महिलाहरूको समानुपातिक समावेशी सहभागिताका सम्बन्धमा दलहरूले गरेको अविवेकशील कार्य नसच्याइएको खण्डमा चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिइन् ।

एक घण्टासम्म दिइएको धर्ना कार्यक्रममा राजनीतिकर्मी र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: