सहयोगी हात जुटे, लक्ष्मीलाई नयाँ घर


प्रकाशित मिति :2017-10-29 16:14:46

रुजु खतिवडा\महिला खबर

पाँचथर । समाजमा अहिले पनि सहयोगी हातहरु जुट्न छोडेका छैनन् भन्ने कुराको उदाहरण पाँचथरमा देखिएको छ ।

पाँचथरको सहयोगी आँखा नामक संस्थाको सहयोगमा विचल्लीमा परेको एक परिवारले आवास पाएपछि स्थानीयहरुमा अहिले पनि सहयोगी मनहरुको अभाव रहेनछ भन्ने कुराको चर्चा हुन थालेको छ ।

सहयोगी आँखाको पहलमा पाँचथर हिलिहाङ– ७ भारपाका अपांगता भएका दम्पती लक्ष्मी नेम्वाङ र जीतबहादुर नेम्बाङको परिवारले बस्ने घर पाएको हो ।

लक्ष्मी नेम्वाङका दुवै हातखुट्टाका औला छैनन् । श्रीमान जीतबहादुर नेम्वाङ बोल्न सक्दैनन् । श्रीमान श्रीमती दुवैमा जना अपांगता, त्यसमाथि आठ वर्ष मूनिका पाँच जना नाबालक छोराछोरी । सात जनाको लालन पालनको सम्पूर्ण जिम्मा एक्लै लक्ष्मीको काधँमा छ ।

दैनिक छाक टार्न जेनतेन ज्याला मजदुरी गरेर घर चलाईरहेकी लक्ष्मीको पनि शरीरले काम गर्न छोडेपछि उनको परिवार विचल्लीमा परेको थियो ।

सहयोगि आँखाका अध्यक्ष कमल थपलियाले नेम्वाङ परिवारको दयनीय अवस्था देखेपछि बस्ने बासका लागि सहयोग जुटाएको बताए ।

घर निर्माणको लागि फिदिमस्थित शिमशिखर गुल्मले सामाग्री ढुवानी र निर्माण कार्यमा सहयोग गरेपछि नेम्वाङ परिवारको घर बनाउन सहज भएको उनले बताए ।

‘नयाँ घर भयो तर हुर्कदै गरेका ५ जना नानीहरु कसरी पाल्ने, कसरी पढाउने साह्रै दुख छ । मेरो हात खुट्टाका औला छैनन् । उहाँ बोल्न सक्नु हुन्न । बिहान बेलुकाको छाक टार्न पनि गाह्रो भैरहेको छ’ लक्ष्मीले भनिन् ।

नेम्वाङ परिवारलाई नयाँ घरका साथै अध्यक्ष थपलियाले कपडा सिरक, ढसना, तन्दा, कम्मल समेत उपलब्ध गराइदिएका छन् । साथै पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष तथा व्यवसायी मित्रप्रसाद काफ्लेले घुम्ति पसल, जनसेवा समाजले परिवारका ७ जना सदस्यका लागि लगाउने कपडा सहयोग गरेका छन् ।

थपलियाले अपांगता भएका यो परिवारका नानीहरुको शिक्षा दिक्षाका लागि सहयोगको आवश्यकता रहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: