आमाहरूले कसैलाई नछोड्ने


प्रकाशित मिति :2017-10-29 16:41:45

रमेश रावल\महिला खबर

कालिकोट । राम्रा काम गर्न धेरै लेखपढ् गर्नु पर्दैन भन्ने कुरा कालिकोटको कालिका गाउँपालिका वडा–५ सुकाटियाका महिलाहरूले साबित गरिरहेका छन् । राम्रोसँग लेखपढ समेत गर्न नजान्ने महिलाहरूले मदिराका कारण समाज भाँडिन थालेपछि मदिरा नियन्त्रण अभियान चलाएका हुन् ।

स्थानीय आमा समूहले मदिरा नियन्त्रण अभियान थालेपछि बिहानैदेखि मदिरा सेवन गर्ने बानी परेका पुरुषहरू ठाउँमा आउन थालेका छन् । खुलेर मदिरा सेवन गरि हो हल्ला गरे महिलाहरूको कार्वाहीमा परिने डरले पुरुषहरूले लुकिछिपी बाहेक मदिरा सेवन गर्न कम गरेका छन् ।

महिलाहरूले गाउँमै उत्पादन हुने अबैध मदिरा नियन्त्रण गरि नष्ट पारेपछि मदिरा बेचेर पैसा कमाउनेहरू पनि पाखा लाग्न थालेको वडा अध्यक्ष किसनबहादुर शाहीले बताए । ‘गाउँमा महिलाहरूले स्थानीय रुपमा उत्पादन हुने मदिरा नियन्त्रण अभियान थालेपछि मदिराको जथाभावी कारोबार गर्नेहरू पनि ठेगान लागेका छन्’ उनले भने, ‘त्यसका लागि वडापालिका, प्रहरीले साथ दिएका छन् ।’

महिलाहरूकै सक्रियतामा शनिबार मात्र गाउँघरमै उत्पादन भएको ७ सय ५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको आमा समुहकी सदस्य मैयाकला शाहीले बताइन् । ‘गाउँमा जताततै मदिरा पाइन थालेपछि समाजमा झै झगडा बढ्न थाल्यो’ उनले भनिन्, ‘विकृति बढ्दै गएपछि यसको नियन्त्रण अभियान थालेका छौं ।’ शाहीले मदिरा उत्पादन गर्ने र सेवन गर्ने जो कोहीलाई आमा समूहले छुट नदिने बताइन् ।

महिलाहरूले मदिरा नियन्त्रण अभियान थालेपछि गाउँ निकै शान्त रहन थालेको वडा अध्यक्ष शाहीले बताए । ‘पहिले गाउँमा मदिराका कारण झै–झगडा, होहल्ला निकै थियो’ उनले भने, ‘अहिले मदिरा नियन्त्रण गर्न महिलाहरू आफैले अभियान थालेपछि निकै शान्त छ ।’

आमा समुहका महिलाहरूले अहिले गाउँमा कसैले मदिरा उत्पादन गरेको खण्डमा, मदिरा खाएर होहल्ला गरेमा जरिवाना गर्ने, अटेर गरेमा प्रहरी बुझाउने अभियान थालिएको आमा समुहकी सदस्य नानसरा शाहीले बताइन् । ‘कसैले घरेलु मदिरा उत्पादन गरेमा जरिवानाको समेत व्यवस्था गरेका छौं’ उनले भनिन्, ‘त्यसलाई अटेर गरेमा प्रहरीलाई समेत बुझाउने निर्णय गरिएको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: