–महिला खबर–
काठमाडौं । नागरिकता सम्बन्धि स्पष्ट कानून नहूँदा नागरिकता वितरणमा समस्या भएको एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।
अक्सफार्मले काठमाडौंमा आयोजना गरेको प्यालन छलफलका क्रममा गृहमन्त्रालयका उपसचिव सागरमणी पाठकले पाठकले नागरिकताका सम्वन्धिमा ऐन संशोधनको क्रममा रहेको बताए । उनको भने, –‘नागरिकताका लागि ऐन संशोधन हुँदैछ । यसले नागरिकताबाट बञ्चित हुनुपरेका महिलालाई सहज हुनेछ । ’
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले एकल महिला सुरक्षा कोषलाई स्थानीय तहमा हस्तान्तरणको क्रममा रहेको बताइन् । यसले एकल महिलाको क्षेत्रमा कोषलाई परिचालन गर्न थप सहज हुने उनको भनाई छ ।
नागरिक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक गुणराज लुँइटेलले नागरिकता नपाएका विषयलाई राष्ट्रिय मिडियाले उठान गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिका १४ की वडा अध्यक्ष सोविता सापकोटाले नागरिकता सम्वन्धि ऐन संशोधन नहुँदा समस्या हुने गरेको बताइन् ।
मानव अधिकारका लागि महिला एकल महिला समुह, नेपालका अध्यक्ष निर्मला ढुंगानाले एकल महिला सुरक्षाकोषको वारेमा जानकारी गराएकी थिइन् । उनले यो कोषलाई महिला तथा बालबालिका कार्यालयले जिम्मेवारी नलिएको अवस्था रहेको भन्दै स्थानीय निकालयको संचालन विधि अनुसार चलाउनुपर्ने भएको कारणले अन्यौल छाएको बताइन् ।
अधिवक्ता अनिता न्यौपानले व्यक्तिगत घटना दर्ता तथा नागरिकता सम्वन्धि कानुनी, चुनौति र समाधानका उपायका बारेमा जनकारी गराएकी थिइन् । उनले व्यक्तिगत घटना दर्ता गर्न सूचक सम्बन्धि अत्यन्त साघुँरो कानूनी व्यवस्था गरेको भन्दै यसलाई परिमार्जनको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा अक्सफामका कर्मचारीहरुले कार्यक्षेत्रका महिलाहरुमा नागरिकताका सम्बन्धमा भएको समस्याका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सहजिकरण सञ्चारिका समुहकी अध्यक्ष निर्मला शर्माले गरेकी थिइन् । अक्सफाम नेपालले धादिङ, नुवाकोट, सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रमा नागरिकता लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
Comment Here!